महानगरद्वारा सेवामूलक संस्थालाई विद्युतीय चुल्हो वितरण

विराटनगर । विराटनगर महानगरपालिकाले सेवामूलक विभिन्न संघसंस्थाहरुलाई विद्युतीय चुल्हो वितरण गरेको छ ।

विराटनगर महानगरपालिकामा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीसहित सम्बन्धित वडाका वडाध्यक्षले विद्युतीय चुल्हो वितरण गर्नुभएको हो ।

महानगरमा १५७ वटा माग भएर आएकोमा आज १३९ वटा चुल्हो वितरण गरिएको वडा नम्बर ३ का वडाध्यक्षसमेत रहनुभएका वन, वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक वासुबहादुर बस्नेतले जानकारी दिनुभयो । एउटा संस्थालाई बढीमा १० वटासम्म चुल्हो वितरण गरिएको थियो ।

कार्यक्रममा ज्येष्ठ नागरिक सेवा केन्द्र, मानव सेवा आश्रम, आधारभूत विद्यालय,m बालआश्रम, वडा कार्यालय, स्वास्थ्य चौकी, प्रहरी कार्यालय, ज्येष्ठ नागरिक क्लबलगायतका संस्थालाई विद्युतीय चुल्हो हस्तान्तरण गरिएको महानगरको वातावरण शाखाका प्रमुख पुनमकुमार दाहालले जानकारी दिनुभयो ।

ग्यासको खपत कम गर्ने उद्देश्यले विद्युतीय चुल्हो वितरण गरिएको कार्यबाहक मेयर कार्कीले बताउनुभयो । उहाँले विगतमा चुल्हो वितरणलाई लिएर विभिन्न टिकाटिप्पणी हुँदै आएकामा यसपटक महानगरले पारदर्शी रुपमा चुल्हो वितरण गरिएको दाबी गर्नुभयो । उहाँले विद्युतीय चुल्हो प्रयोग गरेको नगरेको बारेमा महानगरले अनुगमनसमेत गर्ने बताउनुभयो ।

कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष काजीबहादुर बस्नेत, २ का कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, ५ का सन्तोष न्यौपाने, ८ का राम पोखरेल, १० का अर्जुन गिरी, ११ का तीर्थेन्द्र नेउपाने, १६ का उद्धव भुजेल, १७ समिम कमर, महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपक पौडेललगायतले संघसंस्थाका प्रमुख र प्रतिनिधिहरुलाई चुल्हो हस्तान्तरण गर्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।