तेह्रथुममा आगलागी
तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका-५ ईसिबुमा गयराती आगलागी भएको छ ।
बिष्णु प्रसाद तिम्सिनाको पसलमा आगलागी हुदाँ ४१ लाख बढीको क्षति भएको फेदाप गाउँपालिका-५ का वडा अध्यक्ष पुरूशोत्तम तिम्सिनाले बताउनुभयो ।
राति १२ भएको आगलागीबाट पसलमा रहेको नगद, सामान, लत्ताकपडा सबै जलेर नष्ट भएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।-हाम्रो सवालबाट


