चुम्लुङ पूर्व अध्यक्ष एवम् लेखक याक्थुम्वाकाे निधन

ललितपुर । किरात याक्थुङ चुम्लुङ पूर्व केन्द्रीय अध्यक्ष एवम् लेखक मञ्जुलकुमार सिंह याक्थुम्वा(फाेम्वाे)काे निधन भएको छ । चुम्लुङका सङ्घीय सल्लाहकार र पूर्व प्रशासक समेत रहेका याक्थुम्वाकाे उपचारका क्रममा आइतबार ह्याम्स हस्पिटल घुम्बाराही काठमाडौँमा ८८ बर्षको उमेरमा निधन भएको हाे ।

याक्थुङ लिम्बु समुदायका पहिलो प्रमुख जिल्ला अधिकारी याक्थुम्वा ललितपुरमा बस्दै आएका थिए । उनी याक्थुङ समुदायको जातीय सामाजिक संस्था कियाचुकाे तेस्रो महाधिवेशनबाट अध्यक्ष बनेका थिए । जसले २०५१ बाट २०६३ सम्म संस्था प्रमुख भएर सबैभन्दा लामाे कार्यकाल सेवा गर्ने अध्यक्ष भए ।

चुम्लुङले प्रदान गर्ने रत्नशोभा शुभ लक्ष्मी मुन्धुम पुरस्कार संस्थापक रहेका याक्थुम्वा किरात समन्वय समितिका संस्थापक संयोजक थिए । उनी फक्ताङलुङ सयङका संस्थापक सल्लाहकार थिए । उनका ‘मौलिक किरात धर्म- संस्कार’ (२०६२), ‘किरात तीर्थस्थल सानो हातिवन’ (२०६६), ‘मुन्धुम र मिथकहरू’ (२०७०) र ‘को हुन् किरात र किरात लिम्बू ? के हो युमा धर्म ?’ (२०७५) आदि पुस्तकका याक्थुम्वाकाे जन्म वि.सं. १९९२ ज्येष्ठ २३ गते बुधबारका दिन ललितपुरकाे तिखेदेवलमा भएको थियोे ।

याक्थुम्वाकाे निधनले सिङ्गाे याक्थुङ समुदायमा अपूरणीय क्षति पुगेको कियाचुका अध्यक्ष प्रेम येक्तेनले बताए । उनका अनुसार याक्थुङ्वाकाे आइतबार नै पशुपति घाटमा अन्त्येष्टि गरिने जनाए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।