धनकुटा र भोजपुरमा अवैध गाँजा खेती फडानी गरी नष्ट
बिराटनगर, कार्तिक २१ । धनकुटा र भोजपुर जिल्लाका बिभिन्न स्थानहरुमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको बोटहरु प्रहरीले फडानी गरी नष्ट गर्दै आईरहेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८० अन्तरतग अबैध रुपमा लगाएका गाँजाका बोटहरु नष्ट गर्ने अभियान अनुसार कार्तिक २० गते धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङ, भेडेटार, प्रहरी चौकी आँखीसल्ला र त्रिवेणीबाट परिचालन भएको प्रहरी टोलीले शहिदभुमी गाउँपालिका र साँघुरीगढी गाउँपालिकाका बिभिन्न एरिया इलाकाहरुका करिव ४६ रोपनी क्षेत्रफलमा प्राकृतिक रुपमा डाँडा पाखामा हुर्केका २३ हजार गाँजाकावोटहरु फडानी गरी जलाई नष्ट गरेको छ ।
यसै गरी भोजपुरको इलाका प्रहरी कार्यालय घोडेटारबाट खटिएको प्रहरी टोलीले हतुवागढी गाउँपालिका बिभिन्न एरिया इलाकाहरुको करिव ६५ रोपनी पाखा बारीमा लगाएको १८ हजार गाँजाको बोट फडानी गरी जलाई नष्ट गरेको छ ।


