भोजपुरमा घरघरमा साना मिल

टक्सार (भोजपुर), २२ कात्तिक : केहीवर्ष अगाडिसम्म ठूला मिलमा कुटानी पिसानीका लागि आउनेको भीडभाड देखिन्थ्यो । अहिले भोजपुरमा सञ्चालन गरिएका ठूला मिल केही मात्रै बाँकी छन् । गाउँ गाउँमा विद्युत्को पहुँच पुगेसँगै ठूला मिल विस्थापित भएका हुन् ।

अनुदानमा विभिन्न सरकारी निकायबाट मिनिमिल वितरण हुन थालेपछि घरघरमा मिल राख्न सुरु गरिएको छ । मिल सञ्चालन गर्दै आउनु भएका निरकुमार प्रधानले भन्नुभयो, “गाउँघरबाट ढिकी, जाँतो त विस्थापित हँुदै गयो । अहिले त साना मिलका कारण ठूला मिलसमेत विस्थापित हुँदै गएका छन् ।” विद्युत् गाउँ–गाउँमा पुगेसँगै घर–घरमा साना मिल जडान हुन थालेका उहाँले बताउनुभयो ।

ठूला मिलसम्म धान, मकै कोदो लिएर कुटाउन जाने परिवारको कमी हुने थालेको बताउँदै धेरैले घरमा नै साना मिल राख्न थालेका व्यापारी बाजिम मगरले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले मेरोमा साना मिल खरिद गर्नेको सङ्ख्या बढदै गएको छ । रू ४०÷४५ हजारमै मिल खरिद गर्नसक्ने भएकाले यसतर्फ धेरैको आर्कषण बढेको हो ।” अहिलेसम्म पसलबाट दुई सय बढी सानो मिल बिक्री भइसकेको उहाँले जानकारी दिनुभयो ।

सानो मिल आएपछि समय र श्रम दुवैको बचत भएको स्थानीय नवराज पाण्डेले बताउनुभयो । साना मिलले स्थानीयवासीलाई सहजता थपिएको उहाँको भनाइ थियो । “आफूलाई आवश्यक पर्ने थोरै सामग्री घरमै कुट्न सकिने भएकाले यो मिल प्रभावकारी छ”, उहाँले भन्नुभयो ।

मिलमा कुटानी पिसानीका लागि आउनेको सङ्ख्या घटदै जान थालेपछि आफूले मिल बन्द गरेको अत्तर राईस मिलका सञ्चालन जीवन श्रेष्ठले बताउनुभयो । “धान, मकै, कोदो र तोरी पेल्ने मिल वर्षौदेखि सञ्चालनमा थियो । अहिले साना मिलका कारण ठूला मिल प्रयोगमा आउन नसक्दा कवाडीलाई सामग्री बिक्री गर्नुपर्ने अवस्था आएको छ ।” उहाँका अनुसार गाउँघरमा रहेका अन्य ठूला मिलको पनि अवस्था अहिले यस्तै छ ।

पछिल्लो समय यान्त्रिकरणमा आकर्षण बढ्दै गएपछि घरमा मिल राखेर धान, गहुँ र दाना पिस्न सजिलो भएको स्थानीय भक्तबहादुर प्रधानले बताउनुभयो ।

साना मिल राख्न थालिएपछि क्षमता वृद्धिका लागि विद्युत् प्राधिकरणमा समेत आवेदन दिने ग्राहकको सङ्ख्या बढ्दै गएको नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले जनाएको छ । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।