संस्कृति संरक्षण गर्दै होमस्टे

जनक श्रेष्ठ / लमजुङ, २२ कात्तिक राससः बहुजातजाति, बहुभाषा बहुधर्म, बहुसंस्कार र बहु संस्कृति रहेको यहाँका विभिन्न गाउँमा सञ्चालित घरवास ९होमस्टे० ले पछिल्लो समय लोप हुँदै गरेको कला, संस्कार र संस्कृति संरक्षणमा सहयोग पु¥याएका छन् । घरवास कार्यक्रमले गाउँमा आउने पाहुनालाई स्वागत गर्दै नयाँ र फरक स्वादका मौलिक कला, संस्कृति प्रस्तुत गर्न थालेसँगै लोप हुने अवस्थामा पुगेका त्यस्ता कला संस्कार र संस्कृतिको संरक्षण हुन थालेको हो ।

समुन्द्र सतहदेखि ८०० मिटर उचाईमा रहेको विभिन्न जातजाति तथा समुदायको बसोबास रहेको पर्यटकीय जिल्ला लमजुङमा समयको विकास क्रमसँगै

विसं। २०५७ देखि घलेगाउँबाट घरबास कार्यक्रम शुरुवात भई जिल्लाको काउलेपानी, सिउरुङ, भुजुङ, राइनासकोट, ढगैँ, नरुवल पाखाथोक, खासुर, भुस्मे, ताघ्रिङ, तुर्लुङकोटलगायत एक दर्जनभन्दा बढी स्थानमा विस्तार भएका छन् । प्राय गुरुङ, मगर, नेवार, तामाङ, भुजेल समुदायले होमस्टे सञ्चालन गरेका छन् ।

होमस्टेले कला, संस्कृति, सभ्यता, परम्परा र संस्कारलाई जीवन्त राख्न मद्त गर्ने पर्यटन व्यवसायीहरुको भनाइ छ । घरवासमा पर्यटकहरुको संख्या दिनहुँ वृद्धि हुँदै गर्दा उनीहरुलाई आफ्ना गुरुङ संस्कार, संस्कृति देखाउने गरेको क्व्होलासोथर गाउँपालिका पूर्वअध्यक्ष तथा घलेगाउँ घरवासका अध्यक्ष प्रेमबहादुर घलेले बताउनुभयो ।

उहाँले भन्नुभयो, यसरी होमस्टेमा प्रस्तुत हुने कला, संस्कार–संस्कृतिलगायत गुरुङ समुदायको मौलिक परम्परा संरक्षण हुन थालेको छ । होमस्टेमा आउने पाहुनाहरुलाई गरिने स्वागतका लागि बाटोमा लाइनमा राखेर गुरुङ संस्कृतिअनुसार सेतो टीका, फूलका गुच्छा, गिलासमा लोकल रक्सी राखेर गाउँलेले नै तीन पटक खुवाएर सम्मान गर्ने यो हाम्रो परम्परा रहेको अध्यक्ष घलेले बताउनुभयो ।

घलेगाउँ घरवासमा पुगेका पर्यटकका लागि सत्कारसँगै आफ्ना कला, वेषभूषा, संस्कार र संस्कृतिका साथै जातीय पहिचानसहित सांस्कृतिक नृत्यसमेत प्रस्तुत गर्ने गरिन्छ । विसं २०६२÷०६३ को जनआन्दोलन पछि देशमा गणतन्त्र स्थापना भएसँगै गठन भएको संयुक्त सरकारको परराष्ट्रमन्त्री स्तरीय सार्क बैठकले नेपाल सरकारको पहलमा घलेगाउँलाई सार्क राष्ट्रकै नमूना ग्रामीण पर्यटन गाउँका रूपमा घोषणा गरेको थियो ।

नेपालका आदिवासी तथा जनजातिमध्ये गुरुङहरूको उद्गमथलो र घले राजाले अन्तिम समय राज्य गरेको गाउँ घलेगाउँ हो । एकसय ३५ घरधुरी रहेको यस गाउँमा ४४ घरमा घरवास छन् । “बाबुबाजेको पालोपछि होमस्टे सञ्चालन हुनु अघिसम्म गुरुङ संस्कार, संस्कृति लोपहुँदै गएको थियो तर होमस्टे सञ्चालनसँगै यसको संरक्षण हुन थालेको बेँसीशहर नगरपालिका वडा नं। ३ गाउँसहरस्थित काउँलेपानी पर्यटन विकास समितिका अध्यक्ष एवं होमस्टे संचालक देवबहादुर गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “काउलेपानी होमस्टेमा आउने पाहुनाहरुलाई मनोरञ्जन दिनका लागि गुरुङ संस्कृति चिनाउनाका साथै लोपोन्मुख घाँटु नृत्य, कौरा नृत्य , झ्याउरे नृत्य देखाउने गरेका छौँ ।”

यी नाच देखेर आन्तरिक तथा बाह्य पर्यटकहरु पनि मख्ख हुन्छन्, गुरुङ संस्कृतिको पनि भावी पुस्तासम्म तिनलाई जोगाई राख्न होमस्टे सञ्चालनबाट मद्त पुगेको काउँलेपानीका गुरुङ होमस्टे सञ्चालकहरुले बताए । काउलेपानीमा नेवार समुदायहरुले पनि होमस्टे सञ्चालनमा ल्याएका छन् । काउलेपानी आइपुगेका पर्यटकहरुलाई नेवारको चलनअनुसार स्वागत गरिन्छ । पर्यटकलाई रातो टीका र फूलका गुच्छाका साथै माला लगाएर स्वागत गर्ने काउलेपानी नेवार समुदायका होमस्टे सञ्चालकहरुको भनाइ थियो । स्थानीय होमस्टे सञ्चालक लक्ष्मी श्रेष्ठले भन्नुभयो, “नेवार समुदायका घरवासमा आएका पर्यटकहरुलाई परम्परागत नेवारी खाजाका परिकारहरु बनाएर दिनेगर्छौ ।” होमस्टेमा बिहानको खाजासेटमा नेवारी परिकारहरु सिन्कामारी, भट्टमारी, झिलिङ्गा, सेलरोटी चिउरालगायत परम्परागत खाजाहरु बनाएर खुवाउने उहाँले जानकारी दिनुभयो ।

यसले आम्दानी बढाउनाका साथैै नेवारी परम्परागत परिकारहरु संरक्षण गर्न पनि सहयोग पुगेको छ । पर्यटकलाई परम्परागत संस्कृति लोपोन्मुख लाखे नाच, गाई जात्रा, घोडे जात्रा, बाघ जात्रा, कृष्ण जात्रालगायत सांस्कृतिक नाचहरु देखाउने गर्नाले हाम्रो लोपहुँदै गएको संस्कृति नयाँ पुस्ताका लागि पनि बचाइराख्न होमस्टेले ठूलो भूमिका निर्वाह गरेको होमस्टे सञ्चालक श्रेष्ठले बताउनुभयो । समुन्द्र सतहबाट एक हजार ६०० मिटर उचाइमा रहेको यशोब्रह्म शाह राजाले राज गरेको लमजुङ दरबार, विभिन्न हिमाललगायत रमणीयस्थल देख्न सकिने काउलेपानीमा सन् २०११ देखि घरवास सुरु भएको थियो । विभिन्न जातजातिको बसोबास रहेको यस गाउँमा २५ घरधुरीमध्ये १५ घरमा घरवास सञ्चालनमा छन् ।

बेँसीसहर नगरपालिका वडा नं। २ स्थित नरुवाल पाखाथोकका मगरगाउँ होमस्टेले समेत मगरको कला, संस्कार र संस्कृतिक संरक्षणमा टेवा पुगेको मगरगाउँ होमस्टे व्यवस्थापन समितिका अध्यक्ष यमबहादुर मगरले बताउनुभयो । उहाँले भन्नुभयो, पर्यटकका लागि मगरहरुको कौरा नाच, चुट्का नाच, झाम्रे ९झ्याउरे¬०लगायत विभिन्न नृत्य देखाउने गर्दछौँ, यसरी प्रस्तुत गर्दा यस्ता नाचहरुको संरक्षणमा मदत पुग्ने गरेको छ ।

मस्र्याङ्दी गाउँपालिका–८ स्थित भुस्मे गाउँमा सञ्चालित तामाङ होमस्टेमा आफ्नो जातीय वेषभुषाका साथै संस्कृतिक र नाच देखाउनाले तामाङ संस्कृतिसमेत संरक्षण भएको तामाङ होमस्टेका सञ्चालक होमराज तामाङको भनाइ थियो । त्यस्तै मस्र्याङ्दी गाउँपालिका वडा नं। ३ सिउरुङ होमस्टेका संचालक गौरी गुरुङले भन्नुभयो, सिउरुङमा पराम्पराकालदेखि इष्टमित्र, ज्वाई चेला, पाहुनाहरु गाउँमा आउँदा होस् वा कुनै चाडपर्व र रमाइलोका लागि रोधी बस्ने गर्दथे तर विस्तारै रोधी बस्ने परम्परागत संस्कृतिलाई जोगाउन धौधौ भइरहेको थियो, होमस्टे सुरु भएसँगै अधिकांश पर्यटकहरुको पनि आगमन भइरहेकाले पर्यटकहरुसँग रोधी बस्ने गरेका छौँ । गुरुङ संस्कृतिको संरक्षण गर्न होमस्टेले ठूलो भूमिका निर्वाह गरेको उहाँको भनाइ थियो । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।