आठ वर्ष बित्दा पनि निर्माण भएन ओदाल खोलाको पुल

कञ्चनपुर, ५ मङ्सिर : कृष्णपुर नगरपालिका–१ स्थित वुडर– नालय सडकखण्डमा पर्ने ओदाल खोलामा पुल निर्माण सुरु भएको आठ वर्ष भए पनि अझै पूरा भएको छैन । निर्धारित समयमा पुल निर्माण नहुँदा स्थानीयले सास्ती खेप्दै आएका छन् ।

बर्खामा स्थानीयले जोखिम मोलेरै बाढी आएको खोला तर्नुपर्ने बाध्यता छ । दोमिल्ला, श्रीपुर, सुन्दरीफाँटा गाउँ चारैतिर खोलाले घेरिएको छ । तीन वटै गाउँको उत्तर र पश्चिम क्षेत्रमा खारखोला, पूर्वमा ओदाल खोला दक्षिणमा र वनहरा नदी पर्छ ।

पुल निर्माणका लागि पटक–पटक सम्बन्धित निकायलाई गुहार्दै आए पनि सुनवाइ हुन नसकेको स्थानीय गयाप्रसाद चौधरीले बताउनुभयो । विसं २०७३ भदौ १७ गते पुल निर्माणका लागि थेगिम गाल्वा जेभीसँग रु पाँच करोड ४७ लाखमा ठेक्का सम्झौता भएको थियो । पुल निर्माण विसं २०७४ फागुन १४ मा सक्नुपर्ने समय सीमा निर्धारण गरिएको थियो । निर्धारित समयभित्रै पुल निर्माण नसकिएपछि बर्सेनी म्याद थप्ने काम मात्रै हुँदै आएको छ । पछिल्लो पटक पुल निर्माणका लागि थपिएको म्याद गत असारमै सकिएको छ ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरका पुल निर्माण हेर्ने इञ्जिपनयर तारानाथ सिग्देलका अनुसार पुलका दुई वटा स्पान ३०÷३० मिटरको निर्माण हुनुपर्नेमा एउटा मात्रै निर्माण भएको छ । “एप्रोच र स्पान निर्माण हुन बाँकी छ”, उहाँले भन्नुभयो, “फाउण्डेसनको काम भइसकेको छ, बाँकी निर्माणका लागि बढी रकम लाग्दैन ।” हालसम्म पुलको ७५ प्रतिशत भौतिक प्रगति र ६१ प्रतिशत आर्थिक प्रगति भएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार निर्माण व्यवसायीलाई रु तीन करोड ६० लाख रकम भुक्तानी भइसकेको छ । निर्माण व्यवसायीले रु दुई करोड ११ लाख भुक्तानी पाउन बाँकी छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इञ्जिनियर पीयूष चटौतका अनुसार निर्माण व्यवसायीले लिएको रु ८८ लाख पेस्की रकममध्ये रु ५५ लाख रकम फस्र्छौट भएको छ ।

“बाँकी रु २३ लाख रकम बैंक ग्यारेण्टीबाट झिकिसकेका छौँ”, उहाँले भन्नुभयो, “पुल निर्माणमा भएको ढिलासुस्तीको हर्जाना बापतको अधिकतम रु ४८ लाख ४१ हजार २६ रकम असुल गरेका छौँ ।” बारम्बार पुल निर्माणका लागि ताकेता गर्दासमेत निर्माण व्यवसायीले अटेर गर्दै आएको उहाँको भनाइ छ । पुलको ठेक्का सम्झौता नटुटेकाले निर्माणका लागि ताकेता गरिँदै आएको उहाँले उल्लेख गर्नुभयो ।

कृष्णपुर नगरपालिका–१ का वडाध्यक्ष मोहनबहादुर बस्नेतले निर्माण व्यवसायीलाई पुल निर्माण अगाडि बढाउनका लागि भन्दै आएको बताउनुभयो । “अबको दुई महिनाभित्रै पुल निर्माण पूरा गर्ने प्रतिबद्धता गरेको छ”, उहाँले भन्नुभयो, “पुल बन्नेमा आशावादी छौँं । ”
-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।