मादलमा छैन नयाँ पुस्ताको आकर्षण

देउखुरी (दाङ),५ मङ्सिर ः घोराही उपमहानगरपालिका–१७ पचुर्खाका मादल व्यवसायी चित्रबहादुर वादी ६९ वर्षको हुनुभयो । रोल्पा कोटमा जन्मनुभएका आफ्ना बुबाले मादल बनाएको देखेर आफूले पनि सिकेको उहाँले बताउनुभयो ।

मादल, खैजडी, दमाहा र ढोलक पनि बनाउन सीपालु चित्रबहादुरले आठ छोराछोरीलाई मादल बिक्री गरेर प्रप्त अन्न र पैसाले लालनपालन गर्दैआएको जानकारी दिनुभयोे । “अरु पेसा केही थिएन बालिघरे प्रथामा मादल बनाउने गर्थँे, मादल बनाएर आएको अन्न(धान),पैसाले बाह्रैमहिना खान पुग्थ्यो,” उहाँले भन्नुभयो, ”अझै पनि बालिघरे प्रथा छ । मादलमर्मत गरेबापत वर्षमा पाँच÷ छ पाथी धान दिने सर्तमा काम गर्दै आएको छु । पछिल्लो पुस्ताले मादलको महत्व नबुझ्दा बिक्री हुन पनि हुन छोडेको छ” ।

मादलको आकारअनुसार सानोलाई रु दुई हजार र ठूलोलाई रु पाँच हजारसम्ममा बिक्री हुन्छ तर पछिल्लो पुस्ताले मादललाई महत्व नदिँदा बिक्री हुन छाडेको छ । यस वर्षको दसँै, तिहारमा एकवटा पनि नयाँ मादल बिक्री नभएको चित्रबहादुरले बताउनुभयो । चार भाइ छोरामध्ये कान्छो छोराले मात्रै मादल बनाउने गरेको छ तर यसैमा मात्र सन्तुष्ट हुन नसकेर उसले रोलर पनि चलाउने गरेको छ । आफू पछिको पुस्ताले यो पेसाबाट आम्दानी नहुने र मेहनत धेरै गर्नुपर्ने भएकाले काम गर्न मन नगर्ने उहाँको भनाइ थियो ।

छोरा र नातिले यो पेसालाई सम्हाल्न नसक्दा आफूपछि यो पूर्खौली पेसा सङ्कटमा रहेको चित्रबहादुरको गुनासो थियो । “ बजारभन्दा गाउँमा मादल केही बिक्री हुन्छ, थारु समुदायको माघी र नेपालीको दसँै र तिहारमा मादल बढी बिक्री हुन्छ । पछिल्लो समय गाउँघरमा पनि दसँैं, तिहारको बेला स्पिकर र डेक बजाउन थाले,” उहाँँले भन्नुभयो, मनोरञ्जनको साधनको रूपमा पहिले मादल मात्र थियो । अहिलेका पुस्ता मादल बजाउन नजान्ने भएकाले यस्ता बाजाको संरक्षण हुन नसकेको हो ।”

घरको कोठा मादलले भरिएका छन् । खरको खरानी, भातको माड, आरनबाट निस्केको फलामको धुलो मिसाएर खरी बनाएर मादलमा लगाउने गरेको भूमी वादीले बताउनुभयो । बाह्रैमहिना मादल मर्मत गरिन्छ, नयाँ मादल बिक्री कम हँुदै गएको छ, पुरानो मादल मर्मत गरेर मात्र गुजारा चलेको उहाँको भनाइ थियो ।

श्रीमान् चित्रबहादुरलाई मादल बनाउन भूमीले सघाउँदै आउनुभएको छ। नयाँ मादल बनाउन पनि आउँछ, पुरानो मर्मत गर्न पनि आउँछ, उहाँले भन्नुभयो । “मादल बनाउन प्रयोग हुने सामग्री दाङको पहाडी क्षेत्र बङ्गलाचुलीको चुरे पहाडबाट ल्याउने गरेको भूमीले उल्लेख गर्नुभयो ।
मादल बनाउन खमारीको काठ, बाख्राको छाला र मादल बान्नका लागि लहरा चाहिन्छ यो कच्चापदार्थ पनि महँङो हुँदै गएको छ । पछिल्लो समय आम्दानीभन्दा पनि हाम्रो मौलिक अस्तित्व जोगाउन मात्र मादल बनाउने गरेको उहाँले बताउनुभयो । नयाँ किन्नेभन्दा पुरानो मादल मर्मत गर्नेको सङ्ख्या धेरै छ । एउटा मादल मर्मत गरेको रु एक हजारसम्म पर्छ ।

नयाँ पुस्ता आधुनिकतासँगै बाहिरी संस्कार, संस्कृतिप्रति आकर्षित हुँदा मौलिकता बचाउन गाह्रो भएको संस्कृतिविद गोविन्द आचार्यको भनाइ थियो । हिन्दी र अङ्ग्रेजी गीतमा युवा पुस्ता आकर्षक हुँदा लोक वाजा ओझेलमा परेको उहाँको भनाइ थियो । युवापुस्ताले विद्युतीय साउण्डसिस्टम बजाउने गरेकाले गाउने र बजाउने कला पनि कम हुँदै गएको छ । संस्कृति संरक्षणका लागि सरकारले कार्यविधि बनाएर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।