भोजपुर जिल्लामा पूर्ण सरसफाइको दोस्रो चरणको अभियानको सुरुआत

भोजपुर, ११ मङ्सिर : भोजपुर जिल्लामा पूर्ण सरसफाइको दोस्रो चरणको अभियानको सुरुआत गरिएको छ । यसअघि खुला दिसामुक्त जिल्ला घोषणा गरिएको भए पनि सरसफाइको थप निरन्तरताका लागि सो अभियान थालनी गरिएको हो ।

यस वर्षबाट खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरले दोस्रो चरणको पूर्ण सरसफाइ अभियान अघि बढाएको छ । सरसफाइको कार्यक्रमलाई निरन्तरता दिनका लागि स्थानीय तह तथा अन्य सरोकारवाला पक्षलाई पूर्ण सरसरफाइसम्बन्धी तालिम दिइएको छ । कार्यालयले विगतमा भएका कामको निरन्तरतास्वरुप पुनः सरसफाइको कार्यक्रम अघि बढाएको हो ।

खुला दिसामुक्त भएपश्चात जिल्लाको सरसरफाइको अवस्थाबारेमा स्थानीय तहसँगको सहकार्यमा आवश्यक तथ्याङ्क सङ्कलन गरेर सोहीअनुरुप भावी कार्यक्रमलाई अघि बढाउने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका प्रमुख देवनाथ सिंहले जानकारी दिनुभयो । कार्यालयले खानेपानी आयोजना सञ्चालनपूर्व स्थानीयको शौचालयको प्रयोगसँगै सरसफाइको अवस्थाबारे आवश्यक सूचना सङ्कलन गरिरहेको उहाँको भनाइ छ ।

“हामीले खानेपानी योजनासँगै सरसफाइका कार्यक्रमलाई पनि एकसाथ अघि बढाएका छौँ”, उहाँले भन्नुभयो, “यसअघि खुला दिसामुक्त जिल्ला घोषणा भएको भए पनि त्यसयता स्थानीय नागरिकको सरसफाइको अवस्थाबारेमा थप कार्यक्रम सञ्चालन गर्न आवश्यक छ । यहाँको सरसफाइलाई ध्यानमा राखेर पुनः दोस्रो चरणको कार्यक्रम सञ्चालन गरेका हौँ ।”

विसं २०७६ असोज ४ गते भोजपुर पूर्ण खुला दिसामुक्त घोषणा भएयता पहिलोपटक सरोकारवाला पक्षलाई समेटेर पूर्ण सरसफाइको कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ । सरसफाइ निरन्तर गरिने प्रक्रिया भएकाले पुनः अभियानलाई निरन्तरता दिन सरोकारवाला पक्षलाई तालिम दिइएको प्रमुख सिंहको भनाइ छ । “सरसफाइ निरन्तर गरिने प्रक्रिया हो”, उहाँले भन्नुभयो, “एकपटक घोषणा गरेरमात्र यसले पूर्णता पाउने होइन । यहाँका ८१ वटै वडाको सरसफाइको अवस्था बुझेर थप कार्यक्रम बढाउने लक्ष्य छ ।”

जनताको सबैभन्दा महत्त्वपूर्ण पक्ष स्वास्थ्य र सरसफाइ भए पनि राज्यले यसलाई कम प्राथमिकतामा राखेको प्रमुख सिंहले बताउनुभयो । नागरिकको स्वस्थ्यसँग सरोकार राख्ने सरसफाइका लागि बजेट विनियोजन गर्दा विषेश ध्यान दिनुपर्ने उहाँको भनाइ छ । “मानिसको महत्त्वपूर्ण पक्ष भनेको सरसरफाइ हो”, उहाँले भन्नुभयो, “तर सरसफाइको पक्षमा प्राथमिकताका साथ बजेट विनियोजन भएको अवस्था छैन । नागरिकको जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले सरसफाइको क्षेत्रमा प्राथमिकताका साथ काम गर्न आवश्यक छ ।”

मानव जीवनको महत्त्वपूर्ण पक्ष सरसफाइ रहेकाले यो विषयमा सबै पक्ष गम्भीर हुनुपर्ने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताउनुभयो । जिल्लामा दोस्रो चरणमा सुरु भएको सरसफाइ अभियानलाई पूर्णरूपमा कार्यान्वयनका लागि स्थानीय सरकार पनि जिम्मेवार बन्नुपर्ने उहाँको भनाइ छ ।
सरसफाइ कार्यक्रम सरकारी कार्यालय, होटल, सार्वजनिकस्थल लगायतमा पनि सञ्चालन गर्न सके अझ प्रभवाकारी हुने सहभागीले बताएका छन् । नेपाल जनस्वास्थ्य संस्थाको सहजीकरण र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको आयोजनामा भएको तीनदिने पूर्ण सरसफाइसम्बन्धी कार्यक्रममा विभिन्न क्षेत्रका २९ जनाले सहभागिता जनाएका छन् ।
–रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।