बस दुर्घटनामा मृत्यु भएका धनकुटाका राईको अन्येष्टि
धनकुटा । गत मंसिर १३ गते धरानबाट पोखरा जाँदै गरेको ग १ ख ७८९५ नम्बरको यात्रुवाहक बस पृथ्वी राजमार्ग खण्डको घाँसीकुवा तनहुँमा दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा परि धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ९ निवासी हस्त राई को निधन भएको थियो ।
मृतक राईको आज वहांकै गाउँ आहालेमा अत्येष्टी गरिएको छ ।


