मौरीपालनबाट आम्दानी गर्दै तोगीका युवा

हरिप्रसाद बाँस्तोला/गण्डकी, २० मङ्सिर : कास्की जिल्लाको मादी गाउँपालिका–११ तोगी लम्तरीका विनोद ढकालले गाउँमै मौरीपालनबाट मनग्य आम्दानी गरेर सबैका लागि अनुकरणीय बन्नुभएको छ । उहाँले सहर झर्ने र विदेश जाने युवालाई आफ्नो जन्मभूमिमा बसेर पनि आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिइरहनुभएको हो ।

समुद्री सतहबाट एक हजार दुई सय मिटरको उचाइमा रहेको विकट बस्तीमा मह र महुरीसहितको घार बिक्रीबाट एक वर्षको अवधिमा रू सात लाख आम्दानी गरेको २७ वर्षीय ढकालले जानकारी दिनुभयो । “परम्परागत खरले छाएको घुमाउने घरैभरि र वरिपरि करेसाबारीमा राखिएका ३२ वटा मौरीका घारबाट उत्पादिन महको मुख्य बजार पोखरा हो”, उहाँले भन्नुभयो, “घरबाट मह प्रतिकिलो रू एक हजार चारसय र माग अनुसार सम्बन्धित स्थानमा पु¥याउँदा थप रू एक सय लिने गरेको छु ।”

तोगीगाउँ भन्दामाथि बस्ती नभएको चिसो भए पनि झुल्के घाम लाग्ने उक्त पाखोमा महत्त्वपूर्ण जडीबुटीको खानी तथा घना जङ्गल भएकाले मौरीका लागि प्रशस्त चरण क्षेत्र रहेको ढकालले बताउनुभयो । यहाँ उत्पादित अर्गानिक मह र घारको माग तीव्र रहेको उहाँले राससलाई जानकारी दिनुभयो ।

कात्तिक/मङ्सिरमा मात्र तीन सय केजी मह उत्पादन भई बिक्री गरेको ढकालले बताउनुभयो । उहाँका अनुसार एक वर्षको अवधिमा ३८ थान मौरीसहितको घार समेत बिक्री भएको छ । मौरी सहितकोप्रति घारलाई रू दश हजारमा बिक्री वितरण गर्दै आएको उहाँको भनाइ थियो ।

गाउँका अघिकांश घारमा सेरेना जातका मौरी रहेका छन् । बुबाले विसं २०६७ देखि सुरु गर्नुभएको मौरीपालन यतिखेर व्यावसायिक रुपमा परिणत भएको बताउँदै ढकालले भन्नुभयो, “गाउँमा बसेर २० घार मौरी पाल्ने हो भने कोही पनि भोकले मर्नुपर्दैन ।” उमेरले समूहले नछेक्ने, खासै समय पनि दिनु नपर्ने, बिक्री हुँदैन कि भन्नु नपर्ने, मौरिपालनबाट राम्रो आम्दानी लिन सकिने हुँदा पैसा कमाउन जन्मथलो र परिवार छोडेर विदेश र सहरतर्फ भौँतारिनु नपर्ने उहाँको भनाइ थियो ।

मौरीपालक किसान सोमनाथ खनालका अनुसार घर र आसपासमा मौरीका २२ घार छन् । यस सिजनमा उत्पादन भएको ६५ लिटर मह बिक्रीबाट रू एक लाख तीस हजार आम्दानी भएको उहाँले जानकारी दिनुभयो । महको मागअनुसार पोखराको लेकसाइडमा प्रतिलिटर रू दुई हजारका दरले बिक्री गरेको बताउँदै उहाँले भन्नुभयो, “मौरीलाई खासै ध्यान दिनुपर्दैन । असिनापानीको बढी डर हुन्छ । मलछाप्रो, अरिङ्गाल, चिभेचरो, कमिला, खपटेकीरालगायत जङ्गली जनावर, चराचुरुङ्गीबाट जोगाउनु भने पर्छ ।”

कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी र सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियमजको भण्डारकारुपमा लिइने बहुउपयोगी खाद्य वस्तु प्राप्त हुने महको सेवनकर्ता बढेपछि पछिल्लो समय मागसमेत बढेको किसान बताउँछन् ।

स्थानीय मौरिपालन गर्दै आउनुभएका अगुवा किसान पित्रृराज लामिछानेले मह भन्दा मौरीसहितका घार बिक्रीमा विशेष ध्यान दिँदै आउनुभएको छ । मह उत्पादन गरी बिक्री गर्नुभन्दा मौरीसहितका घार बिक्री वितरण गर्दा व्यावसायिक मौरीपालन विस्तार हुने, मह उत्पादन वृद्धि हुनुका साथै रोजगारीसमेत सिर्जना हुने उहाँको विश्वास छ ।

एक वर्षको अवधिमा आप्mनो र छिमेकीको गरी रू ३५ लाख मूल्य बराबरका तीन सय पचास गोलासहितका घार बिक्री गरेको बताउँदै लामिछानेले भन्नुभयो, “यस क्षेत्रमा रहेका सबै घरमा धेरै/थोरै घार छन् । गाउँमा वार्षिक रू एक करोड भन्दा बढी सहरको पैसा आउने गरेको छ ।” कात्तिक/मङ्सिर र फागुन महिनामा मौरीले गोला वृद्धि गर्ने भएकाले सोही समयमा नयाँ घारमा राख्न उचित हुने उहाँको भनाइ थियो ।

कास्की जिल्लाका पाँचवटै स्थानीय तह तथा छिमेकी जिल्ला गोरखा र स्याङजामा मौरीका घार बिक्री गर्दै आएको बताउँदै लामिछानेले उहाँले थप्नुभयो, “अन्य काठको तुलनामा टुनी जातको काठमा बनाइएको घारको मूल्य बढी हुन्छ ।” एउटा घारबाट फुटाएर एक वर्षमा १० घारसम्म मौरी बनाउने गरेको उहाँले बताउनुभयो ।

स्थानीय सरकार एवम् विभिन्न सङ्घसंस्थाले किसानलाई मौरी घार वितरण गरेपनि प्रविधि र ज्ञानको अभावमा उनीहरुले उचित फाइदा लिन नसकेका लामिछानेको भनाइ थियो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप) इलाका संरक्षण कार्यालय सिक्लेसद्वारा ५० प्रतिशत अनुदानमा प्रत्येक घरलाई मौरी सहितको एक। एक घार वितरण गरेसँगै यस क्षेत्रमा मौरीपालन सुरु भएको लामिछानेले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश सरकारले स्थापनाकालदेखिनै यस गाउँलाई मह पकेट क्षेत्र घोषणा गरेर मौरीघार विस्तारमा जोड दिँदै आएको गाउँपालिकाका अध्यक्ष देवीजङ गुरुङले बताउनुभयो । किसानलाई घारसहित आवश्यक तालिम, अत्याधुनिक प्रविधि, सुरक्षाका सामग्री वितरण गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

मह उत्पादनका लागि आवश्यक सीप, ज्ञान र प्रविधिमा सहयोग गर्दै आइएको गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार मादी गाउँपालिकाका अधिकांश वडामा मह उत्पादनको प्रचुर सम्भावना रहेको छ ।

पालिकाले पकेट क्षेत्रकारुपमा विकास गर्न चालु आर्थिक वर्षमा १५ देखि २० लाख मूल्य बराबरका मौरीसहितका घार खरिद गरी किसनालाई वितरण गर्ने योजना बनाएको गुरुङले जानकारी दिनुभयो । यसमा पालिकाकोतर्पmबाट ५० प्रतिशत अनुदानको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

गाउँपालिकाका विशेष गरी तोगी, याङजाकोट, घ्यामरुङलगायत स्थानमा राम्रो मह उत्पादन हुने जनाउँदै अध्यक्ष गुरुङले भन्नुभयो, “मौरीसहितको घार पाउन त्यति सहज छैन । लम्तरी तोगीका किसना पित्रृराज लामिछानसँग घार लिनको लागि छ महिलाको समय लाग्ने र झण्झटिलो खरिद प्रक्रियाले थप असहज हुने गरेको छ ।”

गण्डकी प्रदेशको राजधानी पोखराबाट विजयपुर, कालिका, माझठानाको सौरे, भगवतीटार, बरालडाँडा हुँदै सो स्थानमा पुग्न सकिन्छ । सौरेसम्म पक्की सडक भए पनि बाँकी गाउँसम्म पुग्न कच्ची मोटर बाटो पुगेको छ ।
-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।