पार्टीले अव पद यात्रा संचालन गर्ने : पूर्व मुख्य मन्त्री थापा
धनकुटा । प्रदेश पूर्व मुख्य मन्त्री तथा नेपाली कांग्रेसका प्रदेश सभापति उद्धव थापाले पार्टीले अव पद यात्रा संचालन गर्ने वताउनु भएको छ । ओखलढुंगाबाट, खोटाङ,भोजपुर हुँदै बिहिवार धनकुटा आईपुग्नु भएका थापाले यहाँका नेता कार्यकर्ता सँगको भेटमा त्यस्तो वताउनु भएको हो ।
उहाँले केही महिना भित्रै नेपालको सवैभन्दा होचो भूभाग झापाको केचना देखी पद यात्रा शुरु गरेर विश्वको सवैभन्दा अग्लो सगरमाथाको वेश क्याप्प सम्म पुग्दै पार्टी संगठन विस्तार, प्रदेशको विकास र समृद्धीका लागि अध्ययन अवलोकन गर्ने उल्लेख गर्नुभयो । उहाँले अव प्रदेशमा कांग्रेसले नेता कार्यकर्ताहरुको उचित मुल्याकन गर्दै जिम्मेवारी पनि प्रदान गर्दै नया ढंगबाट पार्टी संचालन गर्ने समेत वताउनु भयो ।
भेटघाटको क्रममा पार्टीका केन्द्रिय सदस्य तथा पूर्व प्रदेश मन्त्री प्रदिप सुनुवारले मुलुकको समस्या नेपाली कांग्रेसले मात्र समाधान गर्न सक्ने वताउनु भयो ।
धनकुटाका जिल्ला सभापति दिनेश राई ,जिल्ला सचिव विजय सन्तोषी राई,नगर उपसभापति अभिषेक कर्माचार्य लगायतले पार्टीलाई अव यूवाहरुको भावना अनुरुप अगाडी बढाउन जोड दिनपर्ने सुझाव दिएका थिए ।
भेटमा नेपाल विद्यार्थी संघ केन्द्रिय सदस्यहरु अर्चना लुईटेल र मिरा कटुवाल समक्ष स्वतन्त्र विद्यार्थी यूनियन धनकुटा वहुमुखी क्याम्पसका सचिव सुवास खनाल,नेपाल विद्यार्थी संघ धनकुटा वहुमुखी क्याम्पस ईकाई समितिका कार्यवहाक अध्यक्ष रञ्जन कार्की लगायतले विद्यार्थीहरुको समस्या र समाधानको विषय छलफल गरेका थिए ।


