छाला छैन मादल बनाउन,पेसा नै सङ्कटमा

वालिङ (स्याङ्जा), २४ मङ्सिर : मादल बनाउनका लागि अत्यावश्यक पर्ने छालाको अभाव हुँदै जाँदा पेसा नै सङ्कटमा पर्न थालेको छ । मादललगायत बाजा बनाउन आवश्यक पर्नेे विशेषगरी गोरुको छाला नपाइँदा पेसा नै सङ्कटमा पर्दै गएको मादल व्यवसायी विकास गन्धर्व बताउनुहुन्छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ कारागार चोकमा मादल बनाउँदै आउनुभएका उहाँले मादललगायत बाजा बनाउन माग भए पनि छालाको अभावले मागअनुसारको मादल बनाउन नसकिएको बताउनुभयो ।

“हामीले यहीँ नै पूखौँदेखि मादल बनाउने पेसा अङ्गाल्दै आएका हौँ पहिला छालाको अभाव थिएन तर आजभोलि गाई–गोरुको छाला पाइदैन, त्यसैले भनेजस्तो बाजा बनाउन सकेका छैनौँ,” उहाँले भन्नुभयो, “गाई–गोरुको छालाबाट बनाइएको मादल राम्रो हुनाका साथै बाजाको आवाज पनि फरक खालको हुन्छ हामीले बाजा बनाउन गाइर्–गोरु मार्न खोजेका होइनौँं, कानुन विपरीतको काम गर्दै गर्दैनौँ तर अचेल मरेको गाई तथा गोरुको छाला तर्न पनि पाएका छैनौंँ ।”

गाई–गोरुको छाला पाउन छाडेसँगै विकल्पका रुपमा उँट तथा बाख्राको छाला प्रयोग गरे पनि त्यो राम्रो नहुने र उँटको छाला पनि बाहिरबाट प्रशोधन गरेर ल्याउँदा महँगो पर्नाकासाथै उक्त छालाबाट बनाइएको बाजाको आवाज राम्रो नआउने विकासले बताउनुभयो ।

त्रिपन्न वर्षीय पदम गन्धर्वले आफ्ना हजुरबुवा तथा बुवाहरुबाट सिकेको सीप अहिले आफ्ना छोरालाई हस्तान्तरण गरिरहनुभएको छ । आफूले जानेको सीप छोरालाई सिकाइएकाले अहिले छोराहरुले सबै प्रकारका मादल ब्यावसायिकरुपमै उत्पादन गर्दै आइरहेका उहाँले उल्लेख गर्नुभयो। । विकासले पनि १४ वर्षदेखि मादल बनाउन सिकेको बताउनुभयो । अहिले पदमसहित परिवारका चार–पाँच जनाले यही पेसालाई निरन्तरता दिई आम्दानी गर्दै आइरहेका छन् ।

मादल बनाउन पहिला भीडभाड हुने गरेको स्मरण गर्दै पदमले भन्नुभयो, “अहिले त छालाको अभाव एकातिर छ भने अर्कोतिर साउण्ड सिस्टम तथा स्पिकरले यस पेसालाई चुनौती दिइरहेको छ ।”

मादलका लागि आवश्यक पर्ने उत्तिस तथा कटहरका काठ र बारुद धादिङका गाउँबाट ल्याउने गरेको र यसबाट ढोलकी, दमाहा, ट्याम्को, ढ्याङ्ग्रो, खैंँजडी, तन्दुर र नेवार समुदायले प्रयोग गर्ने खिनलगायत सानादेखि ठूला मादल बन्ने गरेको छ । सानोमा रु एक हजार आठसयदेखि ठूलोमा रु बीस हजारसम्म पर्ने मादल यहाँ छन् । यहाँ उत्पादन भएको मादल पाल्पा, बुटवल, पोखरा, बागलुङका साथै अमेरिका, अष्ट्रेलिया, जापानमा पुग्ने गरेको छ ।

“हाम्रो पेसामा अहिले देखिएको मुख्य समस्या भनेकै गाई–गोरुको छाला हो” पदमले भन्नुभयो, “विशेष गरी दमाहाका लागि र तुना बनाउन गाइर्–गोरुको छाला नभइ हुँदैन, त्यो पाइदैन, नपाउँदा नयाँ बनाउन वा मर्मत गर्न पनि सकस परेको छ ।”
–रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।