अपडेट : धनकुटामा आगलागीबाट दुई घरमा क्षति
धनकुटा,१ पुष । आज दिउँसो गाइगोठबाट सल्किएको आगोबाट धनकुटा नगरपालिका ५ कर्मीटारमा दुई घरमा क्षति पुगेको छ ।
स्थानिय विश्वबन्धु थापाको गाइगोठबाट सल्किएको आगोले थापासहित छिमेकी काजीमान थापाको घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
विश्वबन्धुको घरसँगै रहेको गोठमा गाइवस्तुलाई खोले पकाउने क्रममा आगो सल्किएको प्रहरीले जनाएको छ ।
आगलागीबाट २ घरमा क्षति पुगेको छ भने घटनामा करिब दुई सय कुखुरा चल्ला तथा केहि खसी बाख्रा मरेका छन् । आगो नियन्त्रणमा आइ सकेको छ ।


