रु एक करोड ५० लाख निजी लगानीमा मन्दिर निर्माण

मनहरी, ५ पुस: हेटौंडाका एक जना समाजसेवीले रु एक करोड ५० लाखको लगानीमा मन्दिर निर्माण गर्नुभएको छ । हेटौंडा उपमहानगरपालिका– ७ निवासी दलबहादुर खड्काले सोही वडाकोे नागस्वती चोकमा वनदेवी र राधाकृष्ण मन्दिर निर्माण गर्नुभएको हो ।

सत्र वर्ष वनस्पति घ्यु उद्योगमा काम गर्नुभएका खड्काले २० वर्ष कुखुरा व्यवसाय सञ्चालन गर्नुभयो । व्यावसायिक कुखुरापालन गर्दा देशको सबैभन्दा बढी दाना बिक्री गर्ने व्यवसायी बन्नुभएका उहाँ वाल्यकालदेखि नै धर्मकर्ममा लाग्नुभएको हो । भगवान्को सेवा गरेपछि आशीर्वाद प्राप्त हुने भएकाले निजी लगानीमा मन्दिर बनाएको उहाँले राससलाई बताउनुभयो ।

व्यवसाय गरेर प्रशस्त आम्दानी गर्नुभएका खड्काले सामाजिक काम गर्न सकियो भने भावी पुस्ताले सम्झने उहाँ बताउनुहुन्छ । सुरुमा पचास लाखको योजनासहित मन्दिर निर्माणमा जुट्नुभएका खड्काले काम गर्दै जाँदा रु एक करोड ५० लाख खर्च भएको बताउनुभयो । वडा कार्यालयको स्वामित्वमा रहेको सार्वजनिक जग्गामा मन्दिर निर्माण गरिएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।