सहिदभूमिका राई सहित २ जना पक्राउ

बिराटनगर, पुस ५ । सुनसरी र उदयपुर जिल्लाको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धीत लागुऔषध ब्राउनसुगर र गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो दिउँसो १ बजे जिल्ला प्रहरी कार्यालय सुनसरीबाट कोशी गाउँपालिका- १ स्थितमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको सहिदभुमि गाउँपालिका- ४ धनकुटाका ३२ बर्षीय निजम राई र राप्ति नगरपालिका- ९ दाङका बिशाल थापालाई संकास्पद अवस्था फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट ४ ग्राम ब्राउनसुगर फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो ।

त्यस्तै उदयपुरको ताप्ली गाउँपालिका- २ लेखगाँउ स्थित १६ किलोग्राम गाँजा बेवारिसे अबस्थामा जिल्ला प्रहरी कार्यालय उदयपुर र प्रहरी चौकी रामपुर झिल्केबाट खटिएको प्रहरी गस्ति टोलीले फेला पारी बरामद गरेको हो ।

बरामद गरेको गाँजा र लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थपअनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।