पर्यटन प्रवर्द्धन गर्न तेह्रकुने सिमसार महोत्सव

फिक्कल (इलाम), ५ पुस : इलामको माई नगरपालिकास्थित तेह्रकुने सिमसार क्षेत्रमा यही पुस तेस्रो साता महोत्सव हुने भएको छ । माई नगरपालिका–१ र ९ को सङ्गमस्थलमा पर्ने सिमसार क्षेत्रमा े पुस १७ देखि २० गतेसम्म ‘तेस्रो तेह्रकुने सिमसार महोत्सव’ हुन लागेको हो ।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय वरभञ्ज्याङ सामुदायिक वन उपभोक्ता समितिको आयोजनामा महोत्सव हुन लागेको हो । महोत्सवको तयारी तीव्र पारिएको आयोजक समितिका अध्यक्ष करसिंह राईले जानकारी दिनुभयो । भौगोलिक र जैविक विविधताको दृष्टिकोणले महत्वपूर्ण मानिएको सिमसार क्षेत्रको पर्यटन प्रवर्द्धन गर्नका लागि महोत्सव गर्न लागिएको उहाँले बताउनुभयो । “चुरे क्षेत्रमा संरक्षण गरिएको जैविक र पर्यावरणीय दृष्टिकोणले महत्वपूर्ण यस क्षेत्रको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो”, अध्यक्ष राईले भन्नुभयो ।

चार दिनसम्म चल्ने उक्त महोत्सवमा पुरुष र महिला फुटबल प्रतियोगिता, स्थानीय वेशभूषा तथा कला संस्कृतिको प्रदर्शन, सांस्कृतिक कार्यक्रम र स्थानीय उत्पादनको प्रवद्र्धनात्मक कार्यक्रम गरिने छ । महोत्सवमा त्यस क्षेत्रमा उत्पादन हुने कोदोको ढिँडो, रोटी, वाचिपा (खुकुराको मासुको विशेष परिकार) केरा, सिमलको विभिन्न परिकार उपलब्ध गराइने अध्यक्ष राईले बताउनुभयो । तेह्रकुने सिमसार क्षेत्रमा २०७८ यता प्रत्येक वर्ष महोत्सव आयोजना गरिँदै आएको छ । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।