किरात राई यायोक्खा धनकुटाद्नारा उधौली पर्वको अवसरमा आयोजना गरिने कार्यक्रमको लागि कार्य विभाजन
धनकुटा । किरात राई यायोक्खा जिल्ला कार्य समिती धनकुटाको बैठकले उधौली पर्वको अवसरमा आयोजना गरिने कार्यक्रमको लागि कार्य विभाजन गरेको छ ।
समितीका अध्यक्ष उद्धवमणी राईको संयोजकत्वमा मूल व्यवस्थापन समिती,वसन्त राईको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिती,पृथुराम राईको संयोजकत्वमा कलाकार व्यवस्थापन समिती,विश्वकला राईको संयोजकत्वमा खाजा व्यवस्थापन समिती र मन कुमारी राईको संयोजकत्वमा अतिथी स्वागत तथा सम्मान समिती निर्माण गरि कार्य विभाजन गरेको हो ।
किरात राई यायोक्खाले यो वर्ष मंशिरे पूर्णिमा उधौली पर्व मंशिर १० गते देखी १४ गते सम्म विभिन्न कार्यक्रम गरि भव्यताका साथ मनाउने तयारी गरिरहेको अध्यक्ष राईले वताउनु भएको छ ।
मंशिर १० गते पूर्णिमाको दिन धनकुटाको साकेला थानमा पूजाआराधना गरि साकेला नाच्दै उधौली पर्व शूरु गरिने र १४ गते टुडिखेलमा भव्य कर्यक्रम गरिने उहाँले वताउनुभएको छ । जसका लागि अहिले साकेला नृत्य सिक्ने सिकाउने क्रम पनि जारी छ ।


