धनकुटाका यि क्षेत्रमा आज बिद्युत अवरुद्द हुने
धनकुटा । धनकुटाको विभिन्न ठाउंमा आज बिद्युत अवरुद्द हुने भएको छ ।
नेपाल बिद्युत प्राधिकरणको धनकुटा वितरण केन्द्र अन्तर्गत हिले सबस्टेशनबाट बितरण भएको चुङ्ममाङ फिडरको हिले पुछार मा रहेको हिले खेल मैदान छेउमा लाइन मर्मत कार्य गर्नु पर्ने भएकोले उत्तरपानी ,धर्मशाला र हिले बजार का केही स्थानहरुमा बिहान ९:०० बजे देखि दिउसो २:०० बजे सम्म बिद्युत आपूर्तिमा अवरोध हुने जनाइएको छ ।
प्राधिकरणले लेखेको छ : नेपाल बिद्युत प्राधिकरण धनकुटा बितरण केन्द अन्तर्गत हिले सबस्टेशन बाट बितरण भएको चुङ्ममाङ फिडरको हिले पुछार मा रहेको हिले खेल मैदान छेउमा लाइन मर्मत कार्य गर्नु पर्ने भएकोले उत्तरपानी ,धर्मशाला र हिले बजार का केही स्थान हरुमा बिहान ९:०० बजे देखि दिउसो २:०० बजे सम्म बिद्युत आपूर्तिमा अवरोध हुनेछ ।



