भेडेटारमा अंग्रेजी नयाँ वर्षको अवसरमा फुड फेस्टिवल हुने

धनकुटा । पर्यटकीय स्थल भेडेटारमा अंग्रेजी नयाँ वर्ष सन् २०२४ को अवसर पारेर फुड फेस्टिवलको आयोजना हुने भएको छ ।

आयोजक होटल एशोसिएसन भेडेटारले शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै अंग्रेजी नयाँ वर्ष सन् २०२४ को अवसरमा आगामी पौष १५ देखि १७ गतेसम्म फुड फेस्टिवल हुने जानकारी दिएको हो ।

होटल एशोसिएसन भेडेटारले हरेक वर्ष फेस्टिवलको आयोजना गर्दै आइरहेको छ । यस वर्ष आयोजना हुने फेस्टिवल ११ औं संस्करणको हो । तीन दिनसम्म आयोजना हुने फेस्टिवलमा स्थानीय खानाका परिवार, स्थानीय अर्गानिक खेतीबाट उत्पादीत तरकारी तथा फलफुलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु सामाग्रीहरु प्रर्दशनीमा राखिने आयोजक होटल एशासिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बुले बताए ।

उनका अनुसार २५ वटा स्टल रहने छ । फेस्टिवल अवधिभर १ करोड रुपैया वरावरको आर्थिक कारोवार तथा ३० हजारसम्म वाह्रय तथा आन्तरिक पर्यटक घुम्न आउने अनुमान गरिएको सचिव लालवहादुर श्रेष्ठको भनाई छ ।

कार्यक्रममा वोल्दै साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले भेडेटारमा हरेक वर्ष आयोजना हुँदै आइरहेको फेस्टिवल पर्यटकीय गतिविधि बढाउने माध्यम भएको बताए । फेस्टिवल संचालन गर्नका लागि २७ लाख ५० हजार रुपैयाको अनुमानित बजेट विनियोजन गरिएको छ । भेडेटारका होटलहरुमा फेस्टिवल अवधिभर खाना तथा लजमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

महोत्सवमा आउने पर्यटकहरुलाई सागुरीगढी गाउँपालिका भित्र रहेको साँगुरीगढी, पाथिभरा मन्दिर, शंखेश्वर महादेवको मन्दिर, नाम्जे, नमस्ते झर्ना, शैलुङडाँडा, आत्म बस्ने घर थुम्की, बौद्धविहार, गुम्बा, ध्वजेडाँडा अजङगको बरको रुख लगायतका ठाउँमा घुमाइने जानकारी गराइएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖