धनकुटामा यसरी मनाइयो उधौली चाड

धनकुटा । किरात समुदायले आज उधौली पर्व भव्यताका साथ मनाएका छन् ।

मार्गशीर्ष शुक्ल अर्थात् मंसिरे पूर्णिमाको दिन आज उनिहरुले प्रकृति, पितृ र कुलदेवताको पूजा आराधना गर्दै यो पर्व मनाएका हुन् । यो पर्वलार्ई किरात समुदायले विशेष चाडको रुपमा लिने गर्दछन् ।

आफुहरुले लगाएका अन्नवाली किराती समुदायले आजको दिन प्रकृती, पितृ तथा कूलदेवतालाई चढाउने गर्दछन् । त्यसपछि एकअर्कावीच खुशी साटासाट गर्दै साकेला नृत्य नाच्ने गर्दछन् । यो अवसरमा आज धनकुटाको राईकुवा टोल स्थितको साकेला थानमा भव्य पूजा आराधना गरिएको छ ।

पूजा आराधनापछि किराती कलाकारहरुले साकेला पार्कमा साकेला नृत्य,ढोलनाच प्रस्तुत गरेको किरात राई यायोक्खा जिल्ला कार्य समिती धनकुटाले जनाएको छ ।

उधौलिकै अवसरका पौष १४ गते धनकुटाको टुडिखेलमा भव्य कार्यक्रमको आयोजना गरिने यायोक्खाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।