समाचारका सबै काम छाडेर रोजगारको शिलशिलामा युरोपको कुनै पनि देश जाने तयारीमा एचआर न्युजका सञ्चालक हिराराज राई

धनकुटा । एचआर न्युजका सञ्चालक हिराराज राईले सबै न्युजका काम छाडेर रोजगारको शिलशिलामा युरोपको कुनै पनि देश जाने धनकुटा खबर डटकमसँग बताएका छन्।

उनले भने ‘देशमा युवाको भविष्य छैन।’ राईले नेपाली फिल्म क्षेत्रको फोटोग्राफी, भिडियोग्राफी र भिडियो एडिटरमा करिब ७ वर्ष काम गरेर छाडेका थिए। त्यस क्षेत्रबाट चाहेको जत्ति रकम पाउन छाडे पछि राईले काम त्यागेका हुन्।

उनि अहिले एचआर न्युजमा काम गरि रहेका छन् तर निरन्तरता भने दिन सकेका छैनन्। निरन्तरता दिन नसक्नुका कारण राई घर व्यवहारमै व्यस्त छन्। राईले भने ‘म घरको एक्लो छोरो हुँ, र मेरो दाजुभाई अनि दिदीबहिनीहरू छैनन्। त्यसैले घर व्यवहारमा व्यवहारिक बन्दैछु।’ उहाँको आमाबुबा बाहेक अरू परिवार नभएको बताए।

बुबा देव बहादुर राई तर गाउँमा सबैले देउभा भनेर चिन्ने गरेका छन्। र आमा राम कुमारी राईलाई राज कुमारी राई भनेर पनि चिन्ने गरेको राईले बताए। राई सन् १९९६ मा साँगुरीगढी-९, धनकुटामा जन्मेका थिए। उनले गाउँकै प्राथमिक तहको स्कुलबाट पढाई सुरू गरेका थिए। कक्षा ३ सम्म गाउँकै श्री जनजागरण प्रा.वि. तित्रिवोटेमा अध्ययन गरेर अर्को स्कुल परिवर्तन गरेका थिए। अर्को स्कुल साँगुरीगढी-८, धनकुटाका श्री लक्ष्मी नि. मा. वि. खुँडी बाट कक्षा ४ देखि कक्षा १० सम्मको अध्ययन पुरा गरि २०६८ सालमा एसएलसी दिएका थिए। त्यसपछि माथिल्लो गोकुण्डेश्वर उच्च मा. वि. मा कक्षा १२ सम्म अध्ययन गरि काठमाडौं गएर नेपाल फिल्म एकेडेमीमा फिल्म सम्बन्धी अध्ययन गरेका थिए।

नेपाल सरकारले कुनै पनि रोजगारी दिन सक्दैन र दिए पनि घर-परिवार पाल्न गाह्रो हुने राईले बताए। जत्ति अध्ययन गरे पनि आखिर अन्त्यमा विदेश पलायन हुनै पर्ने उनको भनाई छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖