चिराइतो र नबशिला मुक्तक संग्रह बिमोचन

काठमाडौ । मुक्तककार बद्रि उप्रेतीको मुक्तक संग्रह‘ चिराइतो‘ र नवराज पोखरेल नवशिला को मुक्तक संंग्रह ‘नवशिला‘ दुई कृति एकै साथ लोकार्पण गरिएको छ ।दुई कृतिहरुको आज एक भव्य समारोहका बीच लोकार्पण गरिएको हो । शनिबार काठमाण्डौं स्थित लिलाध्वज साहित्य प्रतिष्ठानको हलमाती कृतिहरुको विमोचन गरिएको हो।

कुल २९९ वटा मुक्तक समेटिएको ‘चिराइतो ’ र ४०० वटा मुक्तक रचना समेटिएका ‘नवशिला’लाई नेपाल मुक्तक प्रतिष्ठानका उपाध्यक्ष वियोगी बुढाथोकी, मुक्तिनाथ साहित्य समाजका अध्यक्ष कलानिधिदाहाल , लिलाध्वजथापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापा , बरिष्ठ साहित्यकार तथापत्रकार वियोगी बुढाथोकी, हामी र हाम्रो समुहका अध्यक्ष मदन नेपाल, साहित्यकारहरु सारदा आचार्य गौत्तम, गंगाआचार्य सेढाईं, प्रा डा गोविन्द सिंह कार्कीं, नारि श्रष्टा समाजकी अध्यक्ष ममता मृदुल लगायतले संयुक्त रुपमा लोकार्पण गरे । कार्यक्रममा साहित्यकार तथा स्रष्टाहरुको निकै ठूलो जमघट थियो ।

यसअघि आफ्ना सयौं सिर्जनाहरुलाई विभिन्न माध्यमबाटको बाहिर ल्याइसकेका मुक्तककार बद्री उप्रेतीको व्यक्तित्व र उनको कृतित्वमाथि स्रष्टाहरुले खुलेरै टिप्पणी गरेका थिए । त्यस्तै मोरङका साहित्यकार तथा मुक्तककार नवराज पोखरेलको नवशिला कृतिकावारेमा साहित्यकारहरुले उर्जाशिल र मुक्तककारका रुपमा रहेका र्सिजनशिल सष्ट्रा नवशिला रहेको उपस्थित सष्ट्राले बताए ।

कार्यक्रममा ‘चिराइतो’मुक्तक को समीक्षा गर्दै प्रा.डा गोविन्द मान सिंह कार्कीले बद्रि उप्रेतीको साहित्यिक यात्राको प्रशंसा गरे । उनले उप्रेतीमा समकालीन साहित्यकार तथा मुक्तकारहरुमध्ये छुट्टै दर्शन र व्यक्तित्व आफूले पाएको बताए । ‘उहाँको लेखन यात्राबाट मानिसले सम्पत्तिबाट होइन, सानो–सानो कुराबाट नै खुशीपाउँदो रहेछ भन्ने देखिन्छ ।’ उनले भने ्, खुशीप्राप्तगर्ने वा सन्तोष पाइने माध्यम साहित्य साधनापनि रहेछ भन्ने बद्रि उप्रेतीबाट सिक्न सकिन्छ ।’

मुक्तक संग्रह ’नवशिला’को समीक्षा गर्दै ममता मृदुल ले एक शालीन र सरल व्यवहारका सशक्त मुक्तककार नवराज पोखरेल नवशिला रहेको आफूहरुले पाएको दाबी गरे । ‘नवराज पोखरेलको मुक्तकहरुको बढी विशेषता जीवनको अनुभवबाट निक्लिएर आएको छ ।’ उनले भनिन, उहाँका मुक्तकमा जीवनबोध र दायीत्वबोध छ । उहाँ समाज र समयका खारिएका चित्रकार जस्तो देखिनुहुन्छ ।’

हामी र हाम्रो समुहका अध्यक्ष मदन नेपालले दुई मुक्तककारहरु आफैमा सफल मुक्तककारहरुका रुपमा स्थापित भइसकेको उल्लेख गर्दै भने, जीवनलाई सोचेजस्तो अगाडि बढाउन साहित्यको महान परिभाषादिनुभएको छ प्रेमिल भावनाबाट ओतप्रोत भएर ।’

यस्तै मुक्तिनाथ साहित्य समाजका अध्यक्ष कलानिधि दाहालले वद्री उप्रती र नवराज पोखरेलका सिर्जनाहरुमा आफूले उर्वरता देखेको टिप्पणी गरे । ‘उहाँहरु क सिर्जनाहरुमा उचाई, गहिराई र बिस्तारित रुप देखिन्छ । यी तीन चिज जुन सिर्जनामा हुन्छ, त्यो नै उत्कृष्ट मुक्तक बन्छ, विमोचित कृतिका सिर्जनामा यी चिज भेटिन्छन् ।’ उनले भने, आफ्नो मौलिकताकाय मै राखेर मुक्तककारहरुले मुक्तक कोर्न सक्नुपर्छ, सिर्जना गर्न सक्नुपर्छ ।’

दुवै कृतिबाट एक÷एक मुक्तकहरु उपस्थित सर्जकरुले समेत वाचन गरेका थिए । आफुहरुले साहित्यको विकासका लागी भएपनी आफनो सिर्जनाहरुलाईलाई आम पाठक समक्ष ल्याएका विमोचित कृतिका लेखकहरुको भनाई थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।