भित्रबाट चुकुल लगाएर होस्टेलको कोठामा एक्लै बसेकी थिइन् शालिन

काठमाडाैं । गत शनिबार बिहान १० बजे चितवनको रत्ननगर नगरपालिका–१५ स्थित एकता शिशु निकेतन स्कुलको होस्टलमा बस्दै आएकी १४ वर्षीया शालिन पोखरेलको पोस्टमार्टम रिपोर्ट आइतबार आएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले दिएको उक्त रिपोर्टमा उनको बलात्कार नभएको पुष्टि गरेको छ।

यससँगै पोस्टमार्ट रिपोर्ट शालिनको मृत्युको कारण ‘ह्याङ्गिङ’ भनेको छ। अर्थात् उनको मृत्यु झुन्डिएरै भएको निष्कर्ष पोस्टमार्टम रिपोर्टले दिएको छ।

प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार पोस्टमार्टम रिपोर्टअनुसार शालिनको मृत्युको कारण आत्महत्या नै रहेको टुंगो भएको छ। एक प्रहरी अधिकारीका अनुसार बिदाको दिन भएकाले शनिबार बिहान शालिन र उनीसँगै कोठामा बस्ने अर्की साथीले नुहाउने र लुगा धुने काम गरेका थिए।

दुवैजनाले नुहाएर, लुगासमेत धोइसकेपछि होस्टेलको ग्राउन्डमा झरेर खेलेका पनि थिए। पोस्टमार्टम रिपोर्ट भन्छ : शालिनको बलात्कार भएको देखिएन ‘शालिनसहित उनको कोठामा बस्ने साथीसहित अरुले पनि शनिबार बिहानै नुहाईधुवाई गरेका थिए। लुगासमेत धोइसकेर उनीहरूले ग्राउन्डमा खेलेका पनि थिए’, ती प्रहरी अधिकारीले भने, ‘ग्राउन्डमा खेलिसकेपछि शालिन आफ्नो कोठामा छीरेकी थिइन् भने उनकी साथी तल ग्राउन्डमै थिइन्।

बिहान १० बजे खाना खाने समय भएपछि शालिनको खोजी गरिएको थियो। ग्राउन्डमा नदेखेपछि खाना बनाउनेमध्ये एकजना उनलाई खोज्दै कोठामा पुगेका सीसीटीभी फुटेजमा देख्न सकिन्छ।’खाना पकाउने ती व्यक्तिले भित्रबाट चुकुल लगाएको थाहा पाएपछि बाहिरबाट शालिनलाई खाना खानका लागि ढोकामा ढक्ढक्याएर बोलाएका ती प्रहरी अधिकारीले बताए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।