आफूले भगाएकी नाबालिकालाई संस्थाले फर्काइदिएपछि हत्या गरे प्रेमीले

मोरङमा १५ वर्षीया नाबालिकको हत्या उनकै प्रेमीले गरेको खुलेको छ। मोरङ पथरी शनिश्चरे नगरपालिका ७ लामाटोल बस्ने १५ वर्षीया सन्जना भन्ने ज्ञानमती थुलुङ राईको सोमबार राति हत्या भएको थियो।

राति १० बजेपछि घर बाहिर बोलाएर उनको हत्या गरिएको थियो। धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा उनकै प्रेमी पक्राउ परेका छन्।

मोरङको ग्रामथान गाउँपालिका–४ का ३८ वर्षीय धीरेन चौधरीलाई राति नै प्रहरीले पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको छ। चौधरी पूर्व प्रहरी समेत भएको सूचना आएको तर उनले अहिलेसम्म स्वीकार नगरेको र उनको साथबाट पनि कुनै प्रमाण फेला नपारेको मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए।

पक्राउ परेका चौधरीले आफू प्रहरी नभई पहिले वैदेशिक रोजगारीमा कुवेत गएर फर्किएको बताएका छन्।

खोटाङको ऐंसेलुखर्क गाउँपालिका ६ सल्ले घर भएकी ज्ञानमती दाइ नाता पर्ने बिनोद राईको घरमा बसी पञ्चायत माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिइन्।

उनको हत्या भएको सूचना पाएपछि तत्काल ईलाका प्रहरी कर्यालय पथरीबाट टोली परीचालन गरीएको थियो। यस्तै जिल्ला प्रहरी कार्यालयबाट पनि एसपी नवराज कार्कीको कमाण्डमा टोलि खटिएको थियो।

यस्तै नेपाल प्रहरी प्रदेश कार्यालय धरान सुनसरीबाट तालिम प्राप्त कुकुर सहितको टोली पनि परीचालन गरीएको थियो।

ज्ञानमति र धिरेन गत असार १३ गते परिवारको सहमतीबिनै धारततर्फ भागेका थिए। तर उनीहरुलाई सहयोगी हातहरु नामक गैरसरकारी संस्थाले रानी नाका जोगमनीबाट नियन्त्रणमा लिएर परिवारको जिम्मा लगाएको थियो। चौधरी भने छोराछोरीका बाबु हुन्।

उक्त संस्थाले फिर्ता गरिदिएपछि पनि उनीहरु सम्पर्कमै रहेको खुलेको प्रहरीले जानकारी दिएको छ। बालिकालाई चौधरीबाट छुटाउन परिवारले दबाब दिइरहेका थिए।

परिवारको दबाबका कारण बालिका टाढिँदै गएपछि धिरेनले हत्या गरेको प्रहरीको प्रारम्भिक निस्कर्ष छ।

सोही योजना अनुसार सोमबार राति उनले घर बाहिर बोलाएर बालिकाको हत्या गरेका थिए। ती बालिकाको नाममा चौधरीले फेसबुक र इन्स्टाग्राम पनि चलाएको पाइएको छ।

बालिका टाढिन थालेपछि उनले त्यही फेसबुकबाट परिवारलाई विभिन्न खालका फोटा तथा भिडिओहरु पठाउने गरेका थिए।

चौधरी विगत लामो समयदेखि बाराको जितपुर समरा उपमहानगरपालिका बस्दै आएका थिए। तर पछिल्लो तीन महिनादेखि घरमा नगएको परिवारले प्रहरीलाई जानकारी दिएका छन्।

ज्ञानमतिको शव पोष्टमार्टमको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। खोटाङबाट परिवार आएपछि शवको पोष्टमार्टम गरिने प्रहरीले जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।