विप्लव सामूहिक खेतिमा सक्रिय, पार्टीलाई चन्दामुक्त बनाउने

काठमाडौं, २६ फागुन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले ३ वर्षभित्र पार्टीलाई चन्दामुक्त पार्टी बनाउने उद्घोष गरेका छन् । सामूहिक स्याउखेतिका लागि जुम्लामा रहेका विप्लवले हिजो (शुक्रबार) देखि स्याउखेतिको शुभारम्भ गरिसकेका छन् ।

महासचिव विप्लवले क्रान्तिलाई उत्पादन र अर्थतन्त्रसँग जोड्न आवश्यक रहेको बताए । विगतका क्रान्तिहरुलाई उत्पादन र अर्थतन्त्रसँग जोड्न नसक्दा अहिले आम नागरिकमा वितृष्णा रहेको उनको भनाइ छ । जनतामा रहेको वितृष्णा चिर्न आफूहरुले पार्टीको नवौं महाधिवेशनबाट आत्मनिर्भर अर्थतन्त्रको नीति अगाडि बढाएको बताए ।

विप्लव नेतृत्वको नेकपाले यसअघि तराईमा धान, तोरी, तरकारी र पहाडमा फलफूल खेतिको सुरुवात गरिसकेको छ । नेकपाले कूल २२ हजार क्षेत्रफलमा फैलिने सामूहिक स्याउखेतीका लागि १० हजार बिरुवा रोप्ने लक्ष्य पार्टीले लिएको छ । पहिलो चरणमा दुई हजार बिरुवा रोप्ने बताइएको छ । जुम्लाको हिमा गाउँपालिमा सामूहिक स्याउखेती सुरु गरिएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।