बिराटनगर जेसीजको ५१ औ स्थापना दिवस भब्यरुपमा सम्पन्न

विराटनगर । बिराटनगर जेसीजको ५१ औ स्थापना दिवस भब्य रुपमा विभिन्न कार्यक्रम आयोजना गरि सम्पन्न भएको छ ।

बिराटनगरमा रक्तदान गर्ने पहिलो सस्थाका रुपमा परिचित बिराटनगर जेसीजले आफ्नो स्थापना दिवसको अवसरमा बिराटनगरको ट्राफिक चौकमा अवस्थित रोयल बिरियानी प्राङ्गणमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रमको प्रमुख अतिथि जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुमन न्यौपाने रह्नु भएको थियो भने कार्यक्रम सयोजक अभिषेक गौतम रह्नु भएको थियो । कार्यक्रमको अधक्षता बिराटनगर जेसीजका अध्यक्ष तुलसी निरौलाले गर्नु भएको थियो ।

त्यस्तै दोश्रो कार्यक्रम स्थापना दिवसको अवसरमा पुर्व अध्यक्ष , बिराटनगर जेसीज बोर्ड र सद्सय जुनियर जेसीज तथा समाजका अन्य ब्यक्तित्वको उपस्थितिमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको थियो। सो कार्यक्रमको प्रमुख अतिथी बिराटनगर जेसीज बर्ष १९७८ का अध्यक्ष नारायण प्रसाद श्रेष्ठ रह्नुभएको थियो भने कार्यक्रमका सयोजक प्रबिण भुजेल रहेका थिए ।

कार्यक्रमका बक्ताहरुले जेसीजको इतिहास बर्तमान अवस्था र भबिस्यमा युवा पुस्ताको आकर्षणको केन्द्र कसरी बनाउने भन्ने बारेमा बिचार विमर्श समेत भएको थियो ।

अध्यक्ष तुलसी निरौलाका अनुसार बिराटनगर जेसीजले नेतृत्व र ब्यक्तित्व बिकासका लागि सदैव युवाहरुलाई अभिप्रेरित गर्ने गरेको र आगामी दिनमा समेत सो कार्यलाइ अझ घनिभुत रुपमा पूरा गर्ने हुदा आम बिराटनगरका १८ देखि ४० बर्ष सम्मका युवालाइ जेसीज अभियानमा सहभागी हुन आव्हान गर्नु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।