इटहरीबाट अबैध लागुऔषध खैरो हेरोईन सहित २ जना पक्राउ
सुनसरी, फागुन २८ । सुनसरी ईटहरी उप-महानगरपालिका १६ बाट प्रतिबन्धित लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागू औषध खैरो हिरोईनको खरिद बिक्री कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा फागुन २७ गते, कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समूह(PIT) र ईलाका प्रहरी कार्यालय ईटहरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले प्रदेश १-०२-०४७ प. १९५३ नम्बरको मोटरसाईकलमा सवार रहेका ईटहरी उप-महानगरपालिका १६ का ३१ बर्षिय सुजन भन्ने बालकृष्ण घिमिरेलाई चेकजाँच गर्ने क्रममा निजले चुरोटको बट्टामा लुकाई राखेको ४ ग्राम ७७० मिलिग्राम र उनैले घरमा लुकाई राखेको ३ ग्राम सहित जम्मा ७ ग्राम ७७० मिलिग्राम खैरो हेरोईन सहित निजलाई पक्राउ गरेको हो भने सोही घटनामा संलग्न रहेका ईटहरी-८ का २३ बर्षिय प्रिवेष पौडेललाई समेत नियन्त्रणमा लिई आबश्यक अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।
