नेपाल आदिवासी याक्खा संघ केन्द्रीय समितीका महासचिव बिमला राई लाई मातृशोक
धनकुटा । नेपाल आदिवासी याक्खा संघका केन्द्रीय समितीका महासचिव बिमला राई काेङ्रेनलाई मातृशोक परेको छ ।
महासचिव विमलाकी आमा कर्णमाया राईकाे ७७ वर्षकाे उमेरमा निधन भएकाे हाे । केही समयदेखी श्वासप्रश्वास सम्बन्धि समस्याले ग्रसित कर्णमायाकाे संखुवासभा चैनपुर स्थितकाे आफ्नै निजी निवासमा निधन भएकाे हाे ।
उहाँकाे निधनप्रति नेपाल आदिवासी याक्खा संघ केन्द्रीय समितीले दु:ख व्यक्त गरेकाे छ । संघका केन्द्रीय समिती उपाध्यक्ष रुद्र जिमीले स्व कर्णमाया प्रति श्रद्वाञ्जली अपर्ण गर्दै शाेकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नु भएकाे छ ।
