१० दिन सम्म चलेको मेलामा १० लाख भन्दा बढीले गरे अबलोकन

काठमाडौ । “पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार” भन्ने मुल नारा सहित आयोजना भएको १२औँ अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला सम्पन्न भएको छ । फागुन १८ गते देखी २७ गते सम्म देशका बिभिन्न भागमा आयोजना गरिएको मेला फाल्गुन १९ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा उद्घाटन समारोहबाट मेलाको सुरुवात भएको थियो। कार्यक्रममा ११ देशका ३५० भन्दा बढी कलाकारको सहभागी रहेको थियो ।

काठमाडौंमा उद्घाटन कार्यक्रमपछि मेला दाङको घोराही, पोखराको लेकसाइड हुँदै काठमाडौं फर्किएको ११ देशका कलाकारले बसन्तपुर दरबारक्षेत्र तथा काठमाडौंको मनमैजुस्थित लालीगुराँस नेशनल एकेडेमीमा आफ्नो प्रस्तुती दिएका थिए।

दाङको घोराही बजार, काठमाडौंको असन ईन्द्रचोक हुँदै बसन्तपुर दरबारक्षेत्र, पोखराको लेकसाइड तथा मनमैजुक्षेत्रमा अष्ट्रिया, बेल्जियम, बोत्सवाना, इस्टोनिया, जर्मनी, नेपाल, भारत, इन्डोनेसिया, मलेसिया, पोल्याण्ड र दक्षिण अफ्रिकाका सहभागी कलाकारहरूले आ-आफ्नो देशको संस्कृति झल्काउँदै संगीत र नृत्यप्रतिको साझा प्रेम झल्किने झाकी प्रदर्शन गरेको मेला १० लाख भन्दा बढीले प्रतक्ष्य अबलोकन गरेको एभरेष्ट नेपाल कल्चरल ग्रुपको दाबी छ।

विगत दुई दशकदेखि प्रत्येक दुई वर्षमा विश्वका विभिन्न देशलाई निमन्त्रन्णा गरी आयोजना गरिने यस मेला एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा सम्पन्न गरिएको हो।

उद्घाटन सत्रमा एभरेष्ट नेपाल कल्चरल ग्रुपका सस्थापक अध्यक्ष तथा १२औँ अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला साथमा नेपाल टेलिकमका संम्योजक डा. आरसी कोइराला ‘रामचन्द्र’ले भन्नु भयो “हामी सबै फरक पृष्ठभूमिबाट आएका छौं, तर नृत्य र संगीतमा हाम्रो साझा लगावले आज हामीलाई यहाँ जोडेको छ” ‘यस्ता सांस्कृतिक आदानप्रदान कार्यक्रमले विभिन्न देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने’ हाम्रो विश्वास लिएका छौ, कोइरालाले भने ।

१२औँ अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाको स्थानिय आयोजक दाङ उध्योग बणिज्य संघ, नेपाल उध्योग बणिज्य महासंघ गण्डकी प्रदेश, वज्र कला कुन्ज, लालीगुराँस नेशनल एकेडेमीलाई एभरेष्ट नेपाल कल्चरल ग्रुप हृदय देखी धन्यवाद दिन चाहन्छ साथै नेपाल टेलिकम लगाएत बुढानिलकण्ठ नगरपालिका, पोखरा महानगरपालिक, ललितपुर महानगरपालिक, नेपाल संगीत नाट्य एकेडेमी साथै बिभिन्न अन्तर्राष्ट्रिय संघसस्थाहरु। बिभिन्न संचारगृहहरु, संचार माध्यमहरु लगएत प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी हातहरुलाई एभरेष्ट नेपाल कल्चरल ग्रुप नमन गर्दछ।

१३औ अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलामा पुन भेट्ने गरी सम्पूर्ण कलाकारहरुलाई बिदा गरिएको एभरेष्ट नेपाल कल्चरल ग्रुपले बताएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।