एनआरएनए विनोद कुवर पक्षको बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । गत १७ मार्च २०२४ का दिन काडमाडौं स्थित एक होटलमा गैर आवासिय नेपाली संघ (एनआरएनए) विनोद कुवर पक्षको बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

११ औं विश्व सम्मेलनको निमित्त भेला भएका प्रतिनीधिहरु बार्षिक भेलामा मात्र सहभागी भएर आआफ्ने कर्मभूमि फर्किएका छन । विश्वका २५ मुलुकका एनआरएनए राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरु र विश्वका ४० मुलुकका प्रतिनीधिहरुको सहभागीता रहेको थियो ।

११ औं एनआरएनए विश्व सम्मेलनबाट विनोद कुवर निर्वाचित भएको दुई दिन पछाडी बद्री केसी, रबिना थापा र कुल आचार्यले अर्कै सम्मेलन गरि तिनैजना अध्यक्ष बनेका थिए । त्यस पश्चात दुबै पक्षले आफू बैधानिक एनआरएनए भएको दाबी गर्दै आएका छन भने कुन पक्ष बैधानिक भन्ने विषयमा सर्वोच्च अदालतले आउदो ३ अप्रिलका दिन फैसला दिने भएकोले विश्व सम्मेलनको निमित्त आब्हान गरिए पनि बार्षिक साधारणसभामा रुपान्तरण गरेका थिए ।

पूर्व अध्यक्ष शेष घलेद्धारा उद्घाटन गरिएको साधारण सभामा भूकम्पबाट अति प्रभावित ३ गाँउपालिकाका अध्यक्षहरुसँग पूर्ननिर्माणको निमित्त सम्झौता पनि गरयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।