सामाजिक संजालमा गाली गलौज गर्ने ब्यक्ति पक्राउ
संखुवासभा । सामाजिक संजालमा गाली गलौज गर्ने एक ब्यक्ति पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय संखुवासभा तथा प्रहरी चौकी चन्दनपुरबाट खटिएको प्रहरी टोलिद्वारा हिजो खाँदबारी नगरपालिका वडा नम्वर-१० चन्दनपुर बस्ने बर्ष २३ को प्रज्वल दीप धौलाकोटीलाई खाँदबारी न.पा-१० चन्दनपुरबाट पक्राउ गरेको छ ।
प्रतिवादीलाई सांकेतिक नाम संखुवासभा (झ) लाई फेसबुकमा हैरानी गर्ने, अश्लिल शब्दहरुको प्रयोग गरी गाली गलौज गरेको अभियोगमा पक्राउ गरिएको हो ।
निज धौलाकोटी उपर बिद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ बमोजिम आवश्यक अनुसन्धान भई रहेको छ ।


