तेह्रथुमका आगलागी पीडितलाई नेपाल प्रहरी श्रीमती संघद्धारा राहत वितरण
तेह्रथुम,चैत ११ । तेह्रथुमको फेदाप गाउंपालिका -१ मा आगलागिबाट प्रभावित पिडित ११ घर धुरीलाई नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशद्धारा राहत विवरण भएको छ ।
गत चैत १० गते नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशको आयोजनामा भएको उक्त राहत वितरण कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी केन्द्र अध्यक्ष लक्ष्मी कुवंरज्यूको प्रमुख आतिथ्यतामा प्रभावित पिडित परिवाहरुलाई प्रत्येक घरधुरीलाई ५० के.जि. चामल, २ कार्टन चाउचाउ, ५ के.जि. दाल , २ वटा कम्बलका साथै स्टेशनरी सामाग्री वितरण गरिएको थियो ।
उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरिक्षक चन्द्र कुवेर खापुङ, केन्द्रिय महासचिव अनुश्री पाख्रिन, प्रशासन सचिव अजिता देवकोटा बास्तोला, कोशी प्रदेशकी अध्यक्ष श्रीमती भावना श्रेष्ठ खापुङ, तथा जिल्ला प्रहरी कार्यालय तेह्रथुमका कार्यालय प्रमुख प्रहरी नायव निरिक्षक राजन चापागाई, फेदाप गा.पा.वडा अध्यक्ष साथै प्रहरी कर्मचारीहरको उपस्थित रहेको थियो ।
