झापाबाट लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ
झापा, चैत १४ । झापाको बुद्धशान्ति गाउँपालिका-१ स्थितबाट लागुऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो बेलुका बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले स्थानीय ३४ बर्षीय श्याम सुन्दर ठाकुर र ३२ बर्षीय अजय तिवारीलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट ३ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर वरामद गरेको हो ।
लागुऔषध सहित पक्राउ परेका दुबै जनाको थप अनुसन्धान भईरहेको छ ।
