छन्द दिवस भव्य र सभ्य रुपले सम्पन्न

चन्द्र मादेन आन्छन/काठमाण्डौ,वैशाक ८ । ग्लोवल पव्लिक स्कुल पेप्सिकोलामा मनोहरा साहित्य समाजको आयोजनामा “छन्द दिवस” लाई आधार मानेर ८८ औं रचना वाचन सम्पन्न भएको छ । समाजका अध्यक्ष डिल्लीराज आर्यालको सभापतित्वमा भएको उक्त साहित्यिक कार्यक्रममा प्रमुख अतिथि गोविन्द घिमिरे र विशेष अतिथि आर. सी. रिजाल हुनुहुन्थ्यो भने उद्घोषक समाजका सचिव भाव किशोर वरालले गर्नुभएको थियो ।

२६ जनाले सृजना वाचन गर्नुहुने कविहरुमा दर्जनौ स्रष्टाहरु ७० वर्ष माथिका हुनुहुन्यो भने १,२ जना वाहेक सवैले छन्द कविता वाचन गर्नुभएको थियो । कविहरु — दिनानाथ पोख्रेल, कृष्ण प्र पौडेल जस्ताघरे, रुद्र अधिकारी, सरीता घिमिरे, डा गणेशराज अधिकारी, सम्पत् काफ्ले, वुद्धि सागर पौडेल, गोविन्द नेपाल, वसन्त रिजाल, भालचन्द्र भन्डारी, धरणीधर गुरागाँई, चन्द्र मादेन आन्छन, जसध्वोज गुरुङ, राजेन्द्र कु वज्रचार्य, दिपक श्रेष्ठ, सूर्य प्रसाद डुम्रे, छविलाल अधिकारी, केशवराज ज्ञवाली आघात, आरसी रिजाल, घनश्याम प्रसाई, खोधनाथ चापागाँई, भावना न्यौपाने, भावकिशोर वराल र नुरदेव खनालले देश प्रेम, विकृति, विसंगति र वेथितिको वारेमा आआफ्नो सृजना मुग्ध पारेर सुनाउनु भएको थियो ।

“समीक्षात्मक टिप्पोणी गर्दा यथार्थ कुरा भन्नै पर्छ । स्वास्थ्य आलोचना गर्दा साहित्यकार रिसाउनु हुदैन, त्यस्तो रिसाउनेले यो क्षेत्रमा लाग्नु पनि हुदैन” । भन्नु हुदै प्रमुख अतिथि एवं समीक्षक गोविन्द घिमिरेले सवै कविताको छोटोछोटो टिप्पणी गर्नुभएको थियो भने समाजका उपाध्यक्ष जसध्वोज गुरुङले उपस्थित सवैलाई धन्यवाद सहित प्रत्येक महिनाको दोश्रो शनिवार स्थापनाकाल देखि चलिरहेको र चलिरहने छ भन्दै सवैलाई सकेसम्म उपस्थित हुन आव्हान गर्नु हुदै कार्यक्रमको विसर्जनको घोषणा गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।