अत्यधिक गर्मी बढ्न थालेपछि विराटनगर महानगरद्वारा सामुदायिक विद्यालयलाई पंखा वितरण

विराटनगर । अत्यधिक गर्मी बढ्न थालेपछि विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयहरुलाई सिलिङ पंखा उपलब्ध गराएको छ ।
विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित ६१ वटा सामुदायिक विद्यालयहरुलाई सिलिङ पंखा उपलब्ध गराएको महानगरले जनाएको छ ।

सोमबार महानगरपालिकामा आयोजित कार्यक्रममा कार्यबाहक मेयर मधुबाबु तिवारी र सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले विद्यालयका प्रधानाध्यापक र प्रतिनिधिहरुलाई पंखा हस्तान्तरण गर्नुभयो । केही दिनयता विराटनगरमा अत्यधिक गर्मी बढेको छ । जसका कारण पंखा नहुँदा विद्यालयमा अध्ययनरत विद्यार्थीहरु प्रभावित भएका छन् । चालु आर्थिक वर्षको विनियोजित बजेटबाटै पंखा खरिद गरेर विद्यालयलाई वितरण गरिएको कार्यबाहक मेयर तिवारीले जानकारी दिनुभयो ।

मेयर नागेश कोइरालाले गत वर्ष नै सबै सामुदायिक विद्यालयका कक्षाकोठामा पंखा जडान गर्ने घोषणा गर्नुभएको थियो । मेयर कोइरालाकोको घोषणापछि चालु आर्थिक वर्षको बजेटमा पंखा खरिदका लागि बजेटसमेत विनियोजनसमेत गरिएको थियो । पहिलो चरणमा महानगरले एकैपटक ५ सय थान पंखा वितरण गरेको छ ।

शैक्षिक प्रशासन महाशाखाका अधिकृत सुशील दाहालका अनुसार प्रति विद्यालय ५ देखि २० थानसम्म सिलिङ पंखा उपलब्ध गराइएको छ । सामुदायिक विद्यालयमा एक हजार पंखाको आवश्यकता रहेको तर बजेट अभावका कारण तत्काल ५ सय पंखा वितरण गरिएको दाहालको भनाइ छ । तत्काललाई पाँच सय पंखा उपलब्ध गराएसँगै विद्यालयहरुलाई जडान गर्न भनिएको छ । शैक्षिक प्रशाशन महाशाखाअन्तर्गत आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा विनियोजित २० लाख रकम अनुरुप सामुदायिक तथा धार्मिक विद्यालयले पंखा पाएका छन् ।

कार्यबाहक मेयर तिवारीले पंखा वितरण गर्नुको उद्देश्य विद्यार्थीलाई गर्मीयाममा पठनपाठनमा सहजीकरण गराउने रहेको बताउनुभयो । उहाँले महानगरले सामुदायिक विद्यालयमा अनुगमन गर्दा कक्षाकोठामा पंखा अभाव भएको देखिएकाले विद्यार्थीलाई राहत दिने कार्यक्रम तत्काल कार्यान्वयन गरिएको बताउनुभयो । विगत एक महिनायता ३८ देखि ४२ डिग्री सेल्सियससम्मको तापक्रम विराटनगरमा देखिएको छ । विराटनगर महानगरपालिकामा पंखा आपूर्तिका लागि मोरङ सुन्दरहरैंचाको मनोकामना अटो मोवाइल्सले ठेक्का लिएको थियो ।

पंखा प्राप्त गरेपछि विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुले खुसी व्यक्त गरेका छन् । महानगरले अत्यन्तै प्रशंसनीय कार्य गरेको उनीहरुको भनाइ थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖