इलाममा बुबाको हत्या गरी फरार रहेका छोरा पक्राउ
इलाम । ईलाममा एक ब्यक्ति पक्राउ परेका छन् ।
बुबाको हत्या गरी फरार रहेका छोरा पक्राउ परेका हुन् ।
माई नगरपालिका–१० ढोडेनीका ६६ वर्षीय दिलबहादुर राईको हत्या गरी फरार रहेका ३५ वर्षीय रामबहादुर राईलाई शुक्रबार पक्राउ गरिएको हो ।
रामबहादुरलाई माई नगरपालिका–१० ढोडेनी जंगलमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगूले जानकारी दिए ।
‘उनीमाथि थप अनुसन्धान सुरु गरेका छौँ’, उनले भने


