सुम्निमा स्कुलका २५ जना विद्यार्थी दीक्षित

विराटनगर । विराटनगर–११ स्थित सुम्निमा बोर्डिङ स्कुलमा अध्ययनरत २५ जना विद्यार्थी दीक्षित भएका छन् ।

स्कुलले शनिबार एक भव्य कार्यक्रम आयोजना गरी प्रि–प्राइमरी तह उत्तीर्ण गरी प्राइमरी तहमा प्रवेश गरेका विद्यार्थीहरुलाई दीक्षित गरेको हो ।

दीक्षित भएका विद्यार्थीहरूलाई वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने र विद्यालयकी प्रिन्सिपल शीतला सुब्बाले प्रमाणपत्र वितरण गरेका थिए । सोही अवसरमा विद्यार्थीहरूले सांस्कृतिक नृत्य र फेशन शो देखाएर सहभागी अभिभावक, अतिथि र सहभागीहरुलाई भरपुर मनोरञ्जन प्रदान गरे ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका वडाध्यक्ष नेउपानेले गुणस्तरीय शिक्षासँगै सीपयुक्त शिक्षा प्रदान गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा विद्यालयकी प्रिन्सिपल सुब्बाले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि विशेष जोड दिएर अगाडि बढेको बताइन् । उनले विद्यार्थीहरूको प्रतिभा उजागर गर्नका लागि विद्यालयले विभिन्न कार्यक्रमहरु गर्दै आएको बताइन् ।

कार्यक्रममा नेपाल प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष मीनकुमार नवोदितले विद्यार्थीहरुलाई संस्कारयुक्त शिक्षा प्रदान गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले पाठ्यपुस्तकको अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि जोड दिनु जरुरी रहेको उल्लेख गरे । कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष माधव अधिकारी, अभिभावक संघ मोरङका अध्यक्ष खगेन्द्र भट्टराई, नेपाल पत्रकार महासंघ मोरङका सहसचिव अनिल श्रेष्ठ, विद्यालयकी निर्देशक जयन्ती प्रधानलगायतले विद्यार्थीको रुचीअनुसार अगाडि बढ्न अभिभावकहरुले पनि प्रेरित गर्नुपर्नेमा जोड दिएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।