संखुवासभामा भालुको आक्रमणबाट एक जना घाईते
संखुवासभा । संखुवासभाको सिलीचोङ २ बाला ताम्दाक निवासी सुदिप कुलुङलाई भालुले आक्रमण गरि घाइते बनाएको छ्।
घाइते कुलुङलाई आज सिलीचोङ १ शिशुवाखोलाको गुराँसे भन्ने ठाउँमा आक्रमण गरि घाइते बनाएको हो भने गाउँदेखि धेरै माथि भएकोले भर्खरै गाउँले बाला स्वास्थ्य चौकीमा उपचारको लागि ल्याए पनि प्राथमिक उपचार हुनै नसक्ने भए पछि खाँदबारी रेफर गरिएको बाला स्वस्थ्य चौकी प्रमुख पवित्र मण्डलले जानकारी दिए ।
