चैनपुरबाट यार्सागुम्बा सहित एक जना पक्राउ
चैनपुर । इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको चेकिङ टोलीले चैनपुर नगरपालिका वडा नम्वर-३ पोखरी बजारमा सवारी साधन चेकजाँच गर्ने क्रममा चैनपुर नगरपालिका वडा नम्वर-२ चित्लाङबाट चैनपुरतर्फ आउदै गरेको प्रदेश १-०२-०४१ प ४६०२ नम्वरको मोटरसाईकल सहित एक जनालाई पक्राउ गरेको छ ।
मोटरसाईकल चालक पाँचखपन नगरपालिका वडा नम्वर-९ चौरीखर्क घर भई हाल चैनपुर नगरपालिका वडा नम्वर-४ बस्ने बर्ष ३९ को रिम कुमार लिम्बुले बोकेको झोलाभित्र लुकाई छिपाई राखेको छुटपुर्जी नभएको ४४४ ग्राम यार्सागुम्बा र एक लाख एघार हजार समेत फेला पारेको छ ।
फेला परेको सामान सहित आवश्यक कारवाहिको लागि डिभिजन वन कार्यालय खाँदबारी संखुवासभा बुझाइएको प्रहरीले जनाएको छ ।
