विराटनगर महानगरद्वारा ७६ जना श्रमिक सम्मानित

विराटनगर । विराटनगर महानगरपालिकाले श्रमिकहरुलाई सम्मान गरेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सय दिने रोजगारीमा खटेका ७६ जना श्रमिकलाई महानगरले सम्मान गरेको हो ।

महानगरमा बुधबार आयोजित कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले खादा लगाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो । उनीहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत महानगरका १० वटा वडामा परिचालन गरी विभिन्न आयोजनाहरुमा खटाइएको थियो ।

नमुना रोजगार सेवा केन्द्रकी रोजगार सहायक सरस्वती साहका अनुसार वडा नम्बर ६ मा ८ जना, १० मा ७ जना, ११ मा ८ जना, १२ मा ८ जना, १३ मा ७ जना, १४ मा ८ जना, १५ मा ७ जना, १६ मा ८ जना, १८ मा ८ जना र १९ वडामा ७ जना खटिएका थिए ।
प्रधानमन्त्री रोजगार कार्यक्रममा खटिएका श्रमिकहरुलाई दैनिक ६ सय ६८ रुपैयाँका दरले मासिक रुपमा उपलब्ध गराइएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दैै मेयर कोइरालाले महानगरवासीलाई स्वरोजगार बनाउन विभिन्न किसिमका तालिमहरु सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले सीप सिकेर स्वरोजगार बन्न श्रमिकहरुलाई आग्रह पनि गर्नुभयो । उपमेयर शिल्पा निराला कार्कीले आगामी आर्थिक वर्षमा सो कार्यक्रमलाई अझै प्रभावकारी रुपमा सञ्चालन गरिने बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖