डा. रणशेर राईको पुस्तक समीक्षा र लेखकहरुलाई सम्मान

चन्द्र मादेन आन्छन, काठमाण्डौं । स्थानीय कोटेश्वर स्थित किरात राई यायोख्खा केन्द्रीय कार्यालयको सभाहलमा डा. रणशेर राई स्मृति फाउण्डेसनको आयोजनामा डा. रणशेर राई स्मृति ग्रन्थको समीक्षात्मक कार्यक्रम सम्पन्न भयो ।

फाउण्डेसनका अध्यक्ष महेन्द्र कु. राईको सभापतित्वमा भएको सो समारोहमा प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राई, विशिष्ट अतिथि प्रा.डा. सुरेन्द्र केसी,आतिथिहरु – प्रा.डा. विनोद मन्जन,फाउण्डेसनकी संमरक्षक जेठी छोरी अम्विका राई, प्राज्ञ एवं वरिष्ठ आख्यानकार राजन मुकारुङ, पूर्व राज्यमन्त्री हरीश चन्द्र परियार, साहित्यकार सुरेश हाचेकाली, शिक्षाविद वलराम पोखरेल, समाजसेवी मुघाधन राई, डा. विष्णुराई, वरिष्ठ अधिवक्ता किवाहाङ राई आदिलाई मंचमा आसन ग्रहण गराईएको थियो ।

सामुहिक राष्ट्रिय गानवाट सुरु गरिएको कार्यक्रममा डा. रणशेर राई स्मृति ग्रन्थ निकाल्न लेख,रचना दिने कलमवीर र आर्थिक सहयोग गर्ने दानवीर प्रत्येकलाई मायाको चिनो ट्रफी, पुस्तक र रुद्राक्ष मालाले सम्मान गरिएको थियो । ४२४ पृष्ठको उक्त स्मृति ग्रन्थमा ८२ जना लेखक र कविहरुले सृजना पस्किनु भएको छ भने, पुस्तकका सम्पादक तिलक चाम्लिङले स्वागत मन्तव्य दिनुभएको थियो । प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिहरु सवै वक्ताहरुले आधा शताव्दी अघि स्वर्गवास हुनु भएका डा. रणशेर राईले विशेषत – शिक्षा, स्वास्थ्य र मानव वस्ति विकास आदिमा दिनुभएको प्रशंसनीय योगदानलाई समाज राष्ट्रले उच्च मुल्याङ्कन गर्नुपर्दछ भन्ने कुरामा जोड दिनुभएको थियो ।

स्मरणीय रहोस – डा. रणशेर राईको वारेमा कक्षा ५ को नेपाली पाठ्यक्रममा जीवनी समावेश गरिएको छ । त्यस्तै, “डा. रणशेर राई खोरीया समाधिस्थल” भनेर उदयपुरको गाईघाटमा आधा कदको मूर्ति, चौतारा र वगैचा स्थापना गरिसकेको छ, भने गत वर्ष १ नम्वर प्रदेश स्तरीय १४ जिल्लाका श्रष्टाहरुको लेखन शिविर डा. रणशेर फाउण्डेसनको आयोजनामा उदयपुरमा वृहतभेला सम्पन्न भएको थियो, त्यस्तै योभन्दा अघि २०७४ सालमा “डा. रणशेर राई स्मारिका” पत्रिका पनि प्रकाशन गरिएको थियो । आज विभिन्न साहित्यकार, पत्रकार र समाजसेवीहरुको वाक्लो उपस्थिति रहेको सो कार्यक्रम मोडेल स्वर्णिमा राईले आकर्षण नृत्य प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको उद्घोषक फाउण्डेसका सचिव भोजानन्द राईले गर्नुभएको थियो । अन्त्यमा, समारोहको सभापति महेन्द्र राईले सवै प्रति आभार तथा कृतज्ञ भएको कुरा जानकारी गर्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।