राईको ‘किवाहाङ’ को विमोचित

चन्द्र मादेन आन्छन/काठमाण्डौ । स्थानीय अनाम नगर स्थित सिलौटो रेस्टुरेण्टको सभा कक्षमा सखुवासभा जर्नालिस्ट एसोसिएशनको आयोजनामा राज कुमार राईको उपन्यास किवाहाङको विमोचन भएको छ ।

एसोसिएशनका अध्यक्ष शंकर खनालको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि प्रा.डा.सुरेन्द्र केसीले अन्य कैयौं कार्यक्रममा लावा लस्कर लाएर अगाडी अतिथि वोलाई खादा,फूल र रुद्राक्षको माला आदि कन्या र महिलाको हातवाट लाउनुपर्ने, यी सवै आज कुनैपनि नहुदा मलाई पृथक र प्रसंशा गर्न लायक लाग्यो भन्नुभयो । त्यस्तै किवाहाङको विषयमा मैले सात पन्ना समीक्षा सुनाउन ल्याएता पनि समग्रमा प्रथम र द्वितीय विश्वयुद्ध देखि हङकङ, वेलायत, व्रुनाई देखि राणाकालीन दरवार आदिको वारेमा लेखिएको यो पुस्तक रहस्यमय र पढ्न लायक भएको कुरा गर्नुभयो ।

अतिथिहरुमा वरिष्ठ साहित्यकार दिनेश अधिकारी, वरिष्ठ संगीतकार एवं लेखक वुलु मुकारुङ, साहित्यकारहरु माया ठकुरी, गीता रेग्मी आदि सवैलाई यथास्थानमा आसन ग्रहण गराईएको थियो । सो समारोहलाई एसोसिएशनका सचिव उद्धव भट्टराईले स्वागत मन्तव्य दिनुभएको थियो भने कार्यक्रमको संचालन भावेश भुमरीले गर्नुभएको थियो ।

साव्लावुङ पुस्तकालय अभियानको अध्यक्ष एवं साव्लावुङ साहित्यिक पत्रिकाका सम्पादक पनि रहेका राजकुमार राईले पुस्तकालय अभियानमा सहयोग पुर्याउनुहुने विभिन्न व्यक्तित्वहरुलाई प्रशंसा पत्र दिएर सम्मान गर्नु भएको थियो । राईले विगत ६ वर्ष देखि अहिले सम्म २१ वटा जिल्लाहरुको डोल्पा, मुगु, सोलुखुम्वु, भोजपुर, सखुवासभा आदि जस्ता दुर्गम र विकट गाँउहरुमा पुस्तकालयको लागि निशुल्क पुस्तकहरु वितरण गर्दै आउनुभएको छ ।

अहिलेसम्म करिव ४४ लाख भन्दा वढी मुल्य पर्ने पुस्तकहरु राईले वितरण गरेको र यो प्रक्रिया निरन्तर जारी भएको कुरा उल्लेख गर्नुभएको थियो । त्यस्तै वंहाले आफूले कुनैवेला सुन वेचेर पुस्तक संकलन गरेको पुराना दिनहरुको कथा सुनाउनुभएको थियो । उक्त कार्यक्रममा विभिन्न साहित्यकार, लेखक, वुद्धिजिवी र पत्रकारहरुको उपस्थित रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।