विराट साहित्य संगमको २१६ औं साहित्यिक शृंखला सम्पन्न

विराटनगर । विराटनगरस्थित विराट साहित्य संगमको नियमित मासिक साहित्यिक शृंखला सम्पन्न भएको छ ।

राष्ट्र सेवक बहुमुखी सहकारी संस्था लिमिटेडसँगको सहकार्यमा संगमले हरेक महिनाको अन्तिम शनिबार साहित्यिक शृंखला सञ्चालन गर्दै आएको छ । २ सय १६ औं शृंखलामा कवि खेम नेपाली, हरि कट्टेल, भीम कोइराला, मीनकुमार नवोदित, बाबुराम पोखरेल, मीना श्रेष्ठ, शारदा भट्टराई, अच्युतमणि पौडेल, वासुदेव नेपाल, माहनसिंह लिम्बू, कुमार श्रेष्ठ, ऋषि तिवारी, भूपाल अधिकारी, शारदा कार्कीले आ–आफ्ना सिर्जना वाचन गरे ।

साहित्यकार गोपाल निर्भीकको सभापतित्व तथा साहित्यकार शम्भुप्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा भएको गोष्ठीमा भरत गुरागाईं बर्बरिक, अच्युत खतिवडा, स्वयम्भूनाथ कार्की, भवानीप्रसाद पोखरेल, चन्द्रकान्त पोखरेल, अम्विका खरेल, लक्ष्मी युग्मी, जमुना पौडेल, सिर्जना प्रसाईं ढुंगाना, पुष्पा सायरा, लक्ष्मी पोखरेल, लक्ष्मी रायमाझी, प्रा.डा. मेदिनीप्रसाद शर्मा, रोहिणी रसिक, हरिप्रसाद बराल, भीमेन्द्रबहादुर कार्की, उमानाथ घिमिरे, तारानाथ पोखरेललगायत तीन दर्जनभन्दा बढी साहित्यकारहरुले कविता, गजल, मुक्तक, लघुकथा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रतिभा पुरस्कार प्रतिष्ठानद्वारा पुरस्कृत विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेललाई बधाई ज्ञापन गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।