भक्तपुरमा सकियो खेलकुद उत्सव २०८१: उत्कृष्ट खेलाडीहरु पुरस्कृत

भक्तपुर । भक्तपुरमा भएको चारदिने खेलकुद सप्ताह २०८१ आइबार सकिएको छ । नेपाल इन्जिनियरिंग कलेज दुवाकोट चांँगुनारायण भक्तपुरको आयोजनामा भएको प्रतियोगिताका उत्कृष्ट खेलाडी विद्यार्थीहरु पुरस्कृत भएका छन् ।

प्रतियोगिताका विजेताहरुलाई मेडल र प्रमाणपत्र वितरण गरियो । कलेजको विद्यार्थी कल्याण तथा इसीए महाशाखाका प्रमुख विष्णुप्रसाद भण्डारी र प्राध्यापक आशिष झाले संयुक्त रुपमा मेडल तथा प्रमाणपत्र वितरण गरे । 

प्रतियोगितामा छात्र एकल ब्याडमिन्टनमा विजेता सन्तोष लामा घोषित भए । प्रतियोगितामा फस्ट रनर अप युवराज पोखरेल र सेकेन्ड रनर अप बिपिन सिंह घोषित भए । छात्रा एकल ब्याडमिन्टनमा 

विजेता निकिता भट्ट रहिन् । पहिलो रनर अप स्मृति पौड्याल र दोस्रो रनर अप आँचल यादव रहे । छात्र डबल ब्याडमिन्टनमा विपिन सिंह र निश्चल बुढाथोकी जोडी प्रथम भए । फस्ट रनर अप मञ्जिल श्रेष्ठ र रविन अधिकारी तथा सेकेन्ड रनर अप सुञ्जन श्रेष्ठ र निकेश केशरी भए । छात्रा डबल ब्याडमिन्टनमा विजेता निकिता भट्ट र अर्चना भट्टराईको जोडी विजयी बने । फस्ट रनर अप सुष्मा भट्टराई र उत्सया आरएल राणा तथा सेकेन्ड रनर अप अस्मा गेलाल र समीक्षा रेग्मी रहे । 
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।