निलम्बित मेयरको दुर्गा पूजाको नाउँमा लाखौँ निकासा

सञ्जय मिश्रा, रौतहट । रौतहटको कटहरिया नगरपालिकाका निलम्बित मेयर अजय प्रकाश जैसवालले सिंगो बर्ष बित्दा पनि दुर्गा पूजाको चन्दा दिन सकेका छैनन् ।

भ्रष्टाचार गरेको अभियोगमा केही समय अघि निलम्बित भएका मेयर जैसवाल सिंगो आर्थिक बर्ष २०८०।०८१ बित्दा पनि आफैले साकार गरेको दुर्गा पूजाको चन्दा दिन नसकेका हुन् । बरु दुर्गा पूजाको विधुत पोलमा झिलिमिली बत्ति लगाएको भन्दै लाखौं रुपैयाँ निकासा गरिएको छ, तर पूजामा भने हालसम्म एकपैसा चन्दा नदिएको पूजा समितिले गुनासो गर्दै आएको छ।

कटहरियास्थित आस्थाको केन्द्र दुर्गा मन्दिर नगरपालिकाको प्राङ्गणमै छ जहाँ दुईदशक भन्दा बढी समय देखि प्रत्येक बर्ष बडा दसैंको अवसरमा १० दिनसम्म विधिवत रूपमा पूजा हुँदै आएको छ। पूजा अवधिमा कटहरिया नगरपालिकाको प्रायः सबै वडाका सैयौं मानिस भक्तजन महिला पुरूष १० दिनसम्म रातो रंगको कपडा लगाएर पूर्ण आस्थाका साथ दुर्गा माताको पूजा आराधना गर्ने गर्दछन्।

गतबर्षको पूजामा कुल ७ लाख ८४ हजार ४१९ रुपैयाँ खर्च भएको दुर्गा पूजा समिति कटहरियाले सार्वजनिक गरेको थियो। सो मध्ये स्थानिय द्वारा कुल ५ लाख,८५ हजार ५५७ रुपैयाँ भन्दा संकलन गरिएको थियो। प्रत्येक बर्ष नगरपालिकाले पूर्गा पूजामा सहयोग गर्दै आएको परमपरा अनुसार पूजा समिती गतबर्षको दुर्गा पूजा सुरुहुनु अघिनै उनको कार्यकक्षमै पुगेर तत्कालीन मेयर जैसवाल लाई भेटेर सहयोगको लागि आग्रह गरेको थियो।

तत्कालीन मेयर जैसवालले नगरपालिकाका योजना प्रमुख रामनरेश साह लाई कार्यकक्षमा बोलाएर निर्णय पुस्तिका हेरेर दुर्गा पूजा लगायतको शीर्षकमा ७ लाख रुपैयाँ छुट्याएको बताउँदै ३ लाख रुपैयाँ भन्दा दिने प्रतिवद्धता जनाएका थिए।

हाल निलम्बित मेयर जैसवालको प्रतिवद्धता अनुसार पूजा समिती संगै कटहरियाका भद्रभलादमी पटकपटक भेट्दा पनी उनले दुर्गा पूजाको चन्दा दिन नसकेको पूजा समितिका शम्भु साहले बताउँदै आएका छन् । उनले यस बारे पटकपटक सामाजिक सञ्जाल फेसबुकमा समेत गुनासो गर्दै आउँदा पनि मेयर जैसवालले वास्ता नगरेको पूजा समितिको आरोप रहेको छ। गत आर्थिक बर्षको अन्तिम महिना अघिनै भ्रष्टाचारी ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर जैसवाल, उपमेयर रिता देवी यादव, योजना प्रमुख रामनरेश यादव सहित ११ जनाविरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरे संगै उनीहरू निलम्बित भएका थिए।

उनीहरू निलम्बित भएपछि कटहरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधान संग पूजाको चन्दा बारे कुरा गर्न पूजा समितिका पदाधिकारीहरु उनको कार्यकक्षमा जाँदा निलम्बित मेयर अजय प्रकाश जैसवाल पदमा रहँदा भुक्तानीको लागि कतै कुनै कागज निवेदनमा तोकादेश नगरेकाले भुक्तानी नहुने जवाफ फर्काएका थिए ।

निलम्बित मेयर जैसवालको झुठा आश्वासनको कारण कटहरिया स्थित गतबर्ष दुर्गा पूजामा खर्च भएको रकम मध्ये हालसम्म २ लाख ५९ हजार ८५० रुपैयाँ पूजा समितिको नाउँमा बक्यौता रहेको समितिका पूर्व अध्यक्ष हरिश्चन्द्र कुशवाहाले जानकारी दिएका छन ।

दुर्गा पूजा अवधीमा बजारको केही विद्युत पोलमा झिलिमिली बत्ति लगाएर तत्कालीन मेयर जैसवालले लाखौं रुपैयाँ निकासा गराएको स्थानीयहरूले दाबी गरेका छन ।
कटहरियाका पूर्व गाविस अध्यक्ष जादोलाल महतो, व्यापारीहरु बजरंगी लाल साह, अनुठा प्रसाद साह, मौजेलाल साह लगायतको सक्रियतामा 

कटहरियामा २०५२ साल देखि मूर्ति बनाएर दुर्गा पूजाको आयोजना हुँदै आएको छ। पूजा अवधीमा मेला समेत लाग्ने गर्दछ। पूर्व मेयर सियाराम कुशवाहाले पनी प्रत्येक बर्ष दुर्गा पूजामा आर्थिक सहयोग गर्दैआएका थिए। तर लाखौँ लाख तेलको नाउँमा , लाखौँ करारको कर्मचारीको नाउँमा, विद्यालय र अस्पतालको नाउँमा भ्रष्टाचार गर्ने निलम्बित मेयर जैसवाल भने झुठा आश्वासनमै सीमित भएका छन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖