झापामा दुर्घटनाबाट घाइते इलामकी महिलाको पाँच दिनपछि मृत्यु

झापा , साउन २३ । झापाको कनकाई नगरपालिकामा पाँच दिनअघि मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

कनकाई-१ मा बस्दै आएकी इलाम घर भएकी अन्दाजी ४१ वर्षीया उमादेवी चापागाईंको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारका क्रममा हिजो दिउँसो ३ः३५ बजे मृत्यु भएको हो ।

उनलाई साउन १७ गते बिहान ९ः४० बजे कनकाई–१ जुके कल्भर्टस्थित पूर्व–पश्चिम राजमार्गमा दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको को. ३८ प ५३६८ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

दुर्घटनापछि मोटरसाइकल चालक मोरङ पथरीशनिश्चरे–४ बस्ने अन्दाजी ४० वर्षीय दुर्गाप्रसाद श्रेष्ठलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको डिएसपी प्रकाश विष्टले बताए । मोटरसाइकल भने इलाका प्रहरी कार्यालय सुरुङ्गाको नियन्त्रणमा रहेको छ ।

उमादेवी कनकाई नगरपालिकाअगाडि अञ्जु कार्कीको होटलमा सहयोगीका रुपमा कार्य गर्दै आएकी थिइन् । उनका पतिले ३ वर्षपहिले आत्महत्या गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖