अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका-१४ आदर्शटोलस्थित खाजा पसलबाट अवैध लागूऔषध गाँजाको धुलो (पोल्याण्ड) १ किलो ३ सय ग्राम र घरेलु मदिरा करिब १ सय ५० लिटर सहित पसलका संचालक सोही ठाउँ बस्ने ६४ वर्षीया पातली थिङ र २९ वर्षीया चाँदनी श्रेष्ठलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नैकाप र प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले पसल तलासी गर्दा उक्त लागूऔषध र घरेलु मदिरा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । 

बझाङ, बित्थडचिर गाउँपालिका-३ दुधढल्लाबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ४ किलो ८ सय ४५ ग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुंगल नगरपालिका-२ दहबगर पौटा बस्ने २९ वर्षीय दिपक धामी र ४५ वर्षीय आईते धामी रहेका छन् । प्रहरी चौकी स्याडीबाट खटिएको प्रहरीले बागथलाबाट धनगढीतर्फ जाँदै गरेको सु.प.प्र.०१००१ च ३९३३ नम्बरको जिपलाई जाँच गर्ने क्रममा जिपको पछाडि राखेको मकैको कट्टाभित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी जिपका चालक दिपक र जिपमा सवार आईतेलाई पक्राउ गरेको हो ।  
चितवन, राप्ती नगरपालिका-२ गडौली पन्थ डाँडाबाट अवैध लागूऔषध गाँजा ५ किलो ३ सय ९० ग्राम सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय सुरेन लामा, २६ वर्षीय गोविन्द प्रजा र २६ वर्षीय सफल परियार रहेका छन् । इलाका प्रहरी कार्यालय रत्ननगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

झापा, मेचिनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम सहित बुद्धशान्ति गाउँपालिका-४ सृजना बस्ती बस्ने इलाम सूर्योदय नगरपालिका-८ घर भएका २१ वर्षीय पञ्चसिङ तामाङ समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो काकडभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ सिटिसफारीमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

कैलाली, टीकापुर नगरपालिका-१ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय  मिलिग्राम सहित लम्किचुहा नगरपालिका-१० घर भएका २४ वर्षीय मनराज सुनारलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

मोरङ, पथरी नगरपालिका-१ सुनाखरी टोल बस्ने २५ वर्षीय राजेश मादेन समेत ५ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले राजेशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

बैतडी, डिलासैनी गाउँपालिका-२ गन्नाबाट अवैध लागूऔषध चेरश ७ सय ५० ग्राम सहित दार्चुला अपिहिमाल गाउँपालिका-५ बस्ने ४६ वर्षीय दान सिह धामीलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरीले उनलाई उक्त चरेश सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।