छथरका एक युवती सम्पर्कविहिन
धनकुटा । तेह्रथुमका एक युवती सम्पर्कविहिन भएकी छन् ।
जिल्लाको छथर गाउंपालिका वडा नं १ का का १९ बर्षिया छोरी आशा गुरुंग गत भदौ ३ गते देखि सम्पर्कविहिन भएकी हुन् ।
बेपत्ता गुरुंग उक्त दिन स्थानिय शुक्रबारे मेला भर्न गएको र घर नफर्केको वहांका बुबा गंगा बहादुर गुरुंगले बताउनु भयो ।
सम्पर्कविहिन आशाको मोबाइलमा पनि सम्पर्क हुन नसकेको र घर पनि फर्की नआएपछि प्रहरीमा पनि जानकारी दिइ सकिएको बुबाले बताउनु भयो ।
बेपत्ता गुरुंगलाई कतै कसैले देख्नु वा भेट्नु भए सम्पर्क नम्बर ९७६२९७४९९०,९७६९७१०८५८ र ९८२७०३७५३९ मा खबर गरिदिन पनि परिवारले अनुरोध गरेको छ ।


