विराटनगर महानगरद्वारा उपमेयरको नेतृत्वमा स्वास्थ्य संस्थाहरूको अनुगमन तीव्र

विराटनगर । विराटनगर महानगरपालिकाले स्वास्थ्य संस्थाहरूको अनुगमनलाई तीव्रता दिएको छ ।

महानगरकी उपमेयर शिल्पा निराला कार्की नेतृत्वको टोलीले विराटनगरका स्वास्थ्य संस्थाहरूको अनुगमन गरेको हो । अस्पतालहरूले प्रवाह गर्ने सेवा सुविधाका विषयमा जनस्तरबाट गुनासो आउन थालेपछि महानगरले अनुगमनलाई तीव्रता पारेको हो ।

उपमेयर कार्कीको नेतृत्वमा सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, कोशी अस्पतालका प्रतिनिधि रामनारायण यादव, स्वास्थ्य महाशाखा संयोजक डा. दिलीपकुमार यादव, स्वास्थ्य अधिकृत रमेश कार्की, उपमेयरका स्वकीय सचिव निश्चल मायालुलगायत सम्मिलित टोलीले बुधबार सिटी अस्पतालको अनुगमन गरेको छ ।

अस्पतालको अनुगमन गरी सुधार गर्नुपर्ने पक्षका विषयमा निर्देशनसमेत दिएको थियो । टोलीले अस्पतालमा भर्ना भएका बिरामीहरूलाई सेवा सुविधाका विषयमा सोधपुछ गरेको थियो । त्यस्तै टोलीले सरसफाई, ल्याब व्यवस्थापन, एक्स–रे सेवाको गुणस्तर, स्टोर व्यवस्थापनलगायतको प्रत्यक्ष अनुगमन गरी आवश्यक सुझावहरू दिएको स्वास्थ्य महाशाखाका संयोजक यादवले जानकारी दिनुभयो ।

जनताको स्वास्थ्यमाथि खेलवाड भइरहेको भन्ने जनगुनासो आएपछि अनुगमनलाई तीव्रता दिइएको उपमेयर कार्कीले बताउनुभयो । स्वास्थ्य क्षेत्रप्रति महानगर गम्भीर रहेको बताउँदै उपमेयर कार्कीले स्वास्थ्य संस्था र अस्पतालहरूको अनुगमनलाई थप व्यापक बनाउँदै लगिने उल्लेख गर्नुभयो । उहाँले दर्ता नगरी अस्पताल सञ्चालन नगर्न, समयमै नवीकरण गर्न तथा तोकिएका मापदण्ड पालना गर्न आग्रहसमेत गर्नुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।